नेविसंघ र तरुण दलका माग पुरा गर्न प्रतिष्ठान प्रतिबद्ध

जुम्ला – नेविसंघ, तरुण दलका माग सम्बोधन गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले प्रतिबद्धता जनाएको छ । प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका विषयमा विभिन्न २२ बुँदे माग राखेर काँग्रेस निकट नेविसंघ र तरुण दलको आन्दोलन गरेको थियो ।

असार १६ गते नेपाल विद्यार्थी संघ र नेपाल तरूण दलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई २२ बुँदे ध्यानाकर्षण बुझाएका थिए । प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई प्रतिष्ठानको सेवा प्रवाह र सेवा सुविधाका विषयमा ध्यानाकर्षण गराएपछि आन्दोलनका कार्यक्रम अगाडि बढाइएको नेविसंघका जिल्ला सभापति महेश हमालले बताए । छलफल र वार्तापछि आन्दोलन स्थागन गर्ने टुंगोमा पुगिएको तरुण दलका अध्यक्ष हेम बुढथापाले बताए । उनले भने हाम्रा माग राजी छन् । माग सम्बोधन नभएसम्म प्रतिष्ठानप्रति हाम्रा प्रश्न रहीरहने छन् ।

नेविसंघ र तरुणदलका मागप्रति प्रतिष्ठानले गम्भीरतापूर्वक लिदैँ कार्यकारी समितिको बैंठकले रजिष्ट्रार नृपेन्द्र महतको संयोजकत्वमा तीन सदस्यीय संयोजन तथा वार्ता समिति गठन गरेको थियो । प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै नेविसंघ र तरूण दलले उठाएका २२ बुँदे मागका सम्बन्धमा प्रतिष्ठानले प्रतिबद्वताा जनाएको रजिस्ट्रार महतले बताए ।

उनले भने नेविसंघ र नेपाल तरूण दलले संयुक्त रुपमा बुझाएको ध्यानाकर्षण पत्रमा किड्नी डाइलासिस सेवा सुचारू हुनुपर्ने, भिडियो एक्सरे सेवा सुरू हुनुपर्ने र एम्बुलेन्स सेवा सुरू हुनुपर्ने लगायतका माग राखेका थिए । प्रतिष्ठानमा देखिएका समस्याहरु चरणबद्ध रुपमा काम गर्दै र सुधार्दै जाने प्रतिबद्धता जनाएका छौं ।’

प्रतिष्ठानका अस्पताल निर्देशक डा.पुजन रोकायाले ओपिडी, बीमा, फोहोर व्यवस्थापन र ब्लड बैंकका विषयमा आएका समस्या समाधान गर्ने बताए । प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबल धामीले प्रतिष्ठानमा देखिएका समस्याका विषयमा सचेत गर्नु राम्रो पक्ष हो । जसले सुधार गर्न सहज हुने बताए ।

प्रकाशित मिति : २०८१ असार २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस