तातोपानीको १५ औँ अधिवेशन सम्पन्नः दुई वटा नीतिसंगै बजेट पारित

जुम्ला । दुई वटा नीति संगै बजेट पारित गर्दै तातोपानी गाउँपालिका गाउँसभाको १५ औं अधिवेशन सम्पन्न भएको छ । बिहीबार गाउँसभाको १५ औं अधिवेशनबाट आगामी आर्थिक वर्षको नीति तथा बजेट अनुमोदन संगै विभिन्न निर्णय गर्दै अधिवेशन सम्पन्न भएको हो । गत असार १० गते नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरी बैठक स्थगित गरिएको थियो ।

गाउँपालिकाको सभाहलमा विहिबार आयोजित गाउँसभाको १५ औँ अधिवेशनले पालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट अनुमोदन गर्दै सकिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए ।

अध्यक्ष चौलागाईका अनुसार १५ औँ अधिवेशनबाट तातोपानी गाउँपालिकाको आर्थिक ऐन २०८१ र सामुदायिक विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान सम्बन्धि कार्यविधि, २०८१ अनुमोदन गरिएको छ । ।

अधिवेशनले आ.व. २०८१÷८२ नीति तथा कार्यक्रम र आ.व. २०८१÷८२ आय–व्याय (बजेट) सभामा प्रस्तुत भइ अनुमोदनसहित पारित भएको प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताए ।

तातोपानीले आगामी आवका लागि कूल ४९ करोड ४० लाख एक हजार ८७९ रुपियाँको बजेट ल्याएको तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलले बताईन् । उनका अनुसार वडागतदेखि विषयगत शाखाको सबै बजेट बाँडफाँड भईसकेको आजको सभाले अनुमोदन गरेको हो ।

त्यसका साथै वडाध्यक्ष विशाल खड्काको संयोजकत्वमा बेरुजु फछ्र्यौट समिति गठन गरिएको छ । स्थानीय सरकार संचालनदेखि हाल सम्म रहेको बेरुजुलाई फछ्र्यौट गर्ने गरी खड्काको संयोजकत्वमा समिति गठन गरिएको हो । जसको सदस्यमा वडाध्यक्ष अम्मर बहादुर रोकाया,वडाध्यक्ष तिलक रावत,वडासदस्य सरस्वती शाही,आलेप अंगत सेजुवाल,लेखापाल शिवराज न्यौपाने र प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायत रहेका छन् ।

प्रकाशित मिति : २०८१ असार २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस