जुम्ला । कर्णाली प्रदेशकाे नयाँ पर्यटकीय गन्तव्य गिडिदह यतिबेला चर्चामा छ । ताताेपानी गाउँपालिका वडा नं ४ काे सिरानमा अबस्थित गिडिदहकाे प्रर्वद्दनमा पालिका जुटे संगै गिडिदह चर्चामा छ । भने आन्तरिक तथा बाह्य पर्यटककाे राेजाईमा पनि गिडिदह परेकाे छ ।
गुमनाम गिडिदहकाे प्रर्वद्दनका लागि पहिलाे पटक वडाकाे आयाेजनामा २०७९ असाेज ४-६ गते सम्म ८४ जनाकाे सरकारी टाेली गिडिदह पुगेकाे थियाे । गिडिदह किनारमै गिडिदह सम्मेलन गरि घाेषणा पत्र जारी गरिएकाे थियाे ।
गिडिदहकाे पूर्वाधार विकास,प्रचार प्रशारण,पदमार्ग निर्माण लगायतका संरचना बनाउने घाेषणापत्रनुसार पालिकाकाे लगानीमा विभिन्न काम गरेकाे छ ।
समुद्री सतहदेखि ३५८४ मिटर उचाईमा अबस्थित गिडिदहकाे प्रर्वद्दन गरी आर्थिक समृद्दि र राेजगारी सृजना गर्ने लक्ष्य सहित ताताेपानी अघि बढी रहेकाे छ ।
यसैबीच शनिवार पत्रकार सम्मेलन गरेर गिडिदह सम्मेलनका दुई वर्षे प्रगती सार्वजानिक गरेकाे छ । ताताेपानी-४ का वडाध्यक्ष अम्मर बहादुर राेकायाले गिडिदह प्रर्वधनका लागि २ वर्षमा गरेका प्रगतीकाे प्रस्तुती गरेका थिए । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाई,उपाध्यक्ष रेवती रावल,प्रमुख प्रशासकिय अधिकृत तीर्थ बहादुर कठायत लगायत जिल्ला स्थित पत्रकारहरुकाे सहभागितामा प्रगती सार्वजानिक गरिएकाे हाे ।
ताताेपानी गाउँपालिकाले गिडिदहकाे प्रर्वद्दनका लागि दुई वर्षमा गरेका उल्लेखीय सात कामकाे पूर्णपाठ निम्ननुसार छ ।
हालसम्म गरिएका प्रयासहरु:
१. गिडिदह सम्मेलन, २०७९
जुम्ला जिल्लाकै ठुलो तालको रुपमा परिचय बनाए पनि गिडीदहले राष्ट्रिय स्तरमा खासै चर्चा पाएको थिएन। पर्यटकिय क्षेत्र मात्र नभई आर्थिक विकासको समेत महत्व बोकेको यस तालको संरक्षण र प्रवर्द्धन मार्फत प्रचार प्रसारमार्फत प्रमुख प्रर्यटकिय गन्तव्य निर्माण गर्न अ.ब. ०७९/०८० मा वडा समानिकरण शिर्षक बजेट रु ४ लाख बाट २०७९ साल असोज ४ देखि ६ गते सम्म गिडिदह सम्मेलनको आयोजना गरिएको थियो।
तातोपानी गाउँपालिका संगको समन्वय तथा साझेदारीमा आयोजना गरिएको सम्मेलनमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, पर्यटन व्यावसायी तथा स्थानीय लगायत ८४ जनाको सहभागिता रहेको थियो । यस सम्मेलनले गिडिदह घोषणा पत्र समेत सार्वजनिक गरेको थियो। यस सम्मेलन पश्चात गिडीदहले राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियामा चर्चा बटुल्दै आएको छ।
खर्च विवरण
१. गिडिदह मिडिया सम्मेलन व्यवस्थापनमा रू ३ लाख ७५ हजार खर्च हुँँदा भिडियो डकुमेन्टी खर्च २५ हजार भएकाे छ ।
२. तालको नापजाँच, २०७९
जिल्लाको मात्र नभई देशकै प्रमुख पर्यटकिय गन्तव्य भएपनि हाल सम्म यस तालको चौडाई, गहिराई तथा उचाईका सम्बन्धमा आधिकारिक तथ्यांक कसैसंग नभएकाले उक्त कार्य गर्न नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय ताल संरक्षण विकास समिति काठमाण्डौबाट अ.ब. रु ५ लाख र तातोपानी गाउँपालिका जुम्लाको अ.ब. ०७९/८० बाट रु ९ लाख गरि जम्मा १४ लाख रुपैया विनियोजन गरिएको थियो र सो कार्यको जिम्मा काठमाण्डौ विश्वविद्यालयका विज्ञ समुहलाई दिईएको थियो ।
हाल सो तालको नापजाँच कार्य सम्पन्न भई प्रतिवेदन सार्वजनिक भै सकेका छ ।
प्राप्त रिपोट अनुसार
लम्बाइ १५१० मीटर
चैडाइ, ३१० मीटर
गहिराइ ४२.८ मीटर
३. पदमार्ग निर्माण
जुम्लाको गिडीदह पुग्ने पदमार्ग निर्माण
पर्यटकहरुको आवत जावतमा सहजताका लागि आ.व. ०८०/०८१ मा गिडिदह धर्मशाला देखी पाटन सम्म करिब ५३ सय मिटर पदमार्गको निर्माण कार्य सम्पन्न भएको छ ।
उक्त पदमार्ग निर्माण कार्यका तातोपानी गाउँपालिका बाट आ.व. ०८०२०८१ मा रु ७ लाख २५ हजार रुपैया विनियोजन गरिएको थियो । ५३ सय मिटर लामे पदमार्ग निर्माण संगै अस्थायी प्रकृतिका काठका पुल समेत निर्माण भएको छ जसले पर्यटकलाई मात्र नभई स्थानीयहरुको समेत यात्रामा सहजता आएको छ ।
उक्त निर्माण कार्य गिडिदह धर्मशाला देखी पाटन सम्म पदमार्ग निमाण उ.स. तातेपानी ४ संलग्न छ । उक्त उ.स. का अध्यक्ष श्री कोरव पान्डे रहनु भएको थिया । सम्झोला रकम रू. ७ लाख २५ हजार
भक्तानी रकम रू. ५ लाख ६० हजार मात्र
४. गिडीदह प्रवर्द्धन कार्यक्रम,
२०८० प्रचार प्रसार मार्फत गिडिदहको प्रवर्द्धन गरी आन्तरिक एंव बाह्य पर्यटकहरुलाई गिडीदह बारेको सूचना सहज रुपमा प्राप्त गरुन भन्ने उद्देश्यले अ.ब.०८०।०८१ को बजेट रू २ लाख ५० हजार बाट निम्न कार्यक्रमहरु भएका हुन्
•
सुन्दर पर्यटकीय क्षेत्र मिडिया
विभिन्न १८ स्थानहरु (एरेनी, हाँकु, फुलचौल्या पाटन क्षेत्र
गिडिखोला, भलखोला, फुलचैल्या, कालिका मन्दिर, लामाचोर, सानी काध, डन्डमा काध, दुधवाडी, नेटा, डिगिदह लल्लो भागमा, निकाशा क्षेत्रमा र गिडिदह धर्मशालामा सूचना पार्टी (Information Board) को स्थापना भएका छन् ।
५०० थान गिडीदह अंकित मायाको चिनो निर्माण गरिएको छ
५. गिडिखोला, भलखोला, फुल्ब्याउले लामाचौर
गिडिदह जाने सडक डिपीआर:
गिडीदह पर्यटकीय क्षेत्रको प्रवेश मार्ग गिडिखोलाको
भलखोला, फुलचउल्या हुदै लामाचउर सम्म २० कि.मि. गाडीबाटो निर्माणको लागि बजेट व्यवस्थापन, योजना तर्जुमा पुर्व प्रस्तावित सडकको डिपीआर गर्नुपर्ने भएकोले अ.ब. ०८०।०८१ मा गाँउपालिका बाट बजेट रु १० लाख बिनियोजन गरि सार्वजनिक सुचना अबहान गरि प्रस्ताव लिए प्राप्त प्रस्तावहरू मध्ये योग्य प्रस्तावक श्री मुन लाइट इन्जिनियरिङ कन्सलटेन्सी, सुर्खेत छनोट भएको ।
कामको विवरण गिडिखोलाको भलखोला, फुलचउल्या हुदै लामाचउर प्रस्तावित २० मीटर सडक बाटो संलग्न कम्पनी, श्री मुन लाइट इन्जिनियरिड. कन्सलटेन्सी, सुर्खेत ।
भुक्तानि रकम रू १० लाख (कन्टेजेन्सी समेत)
६. वातावरणीय प्रभाव मुल्यांकन (IEE) :
गिडिखोला, भलखोला, फुलचडल्या, सडक निर्माण पुर्व उत्त २० कि.मि. सडक बाटोको वातवरणीय प्रभाव मुल्याँकन (IEE) गनुपर्ने भएकोले सो कार्यका लागि तातोपानी गाउपालिका बाट अ.ब ०८०।०८१ मा बिनियोजन भएको रकम रू ७ लाख बाट (IEE) गर्ने श्री राइनास कन्टक्सन एण्ड कन्सलटेन्सी प्रा. लि. काठमाण्डु म.न.पा. १० को प्रस्ताव स्विकृत भइ उत्त कम्पनीले स्थलगत अध्यायन, परिक्षण को कार्य पुरा गरि सकेकोमा श्री कर्णाली प्रदेस सरकार उद्धोग वन तथा वातावरण बाट अनुमती प्राप्त भइ नसकेके कारण प्रतिवेदनले पुर्णता पाउन नसकी सो कामको भत्तानी हुन सकेके छैन । उत्त बजेट अ.ब ०८१।०८२ का लागि म्याद थप भएको छ ।
७. गिडीदह धर्मशाला निर्माण:
तातोपानी गाउपालिका र वडा नं ४ को प्रस्तावमा श्री कर्णाली प्रदेश सरकार, उद्दघोग बन तथा
वातावरण मन्त्रालयबाट अ.ब.०८०।०८१ मा बजेट रू १५ लाख स्विकृत भइ श्री डिभिजन बन कार्यालय जुम्लामा अख्तियारी प्राप्त भएको गिडिदह प्रर्वद्रन योजनाबाट गिडिदह क्षेत्रमा १५/३६ फिट नाप भएको धर्मशाला, खानेपानी र शैचालय निर्माण गरिएको छ ।



