गिडिदह पर्यटन प्रर्वद्धनमा तातोपानीको निरन्तर सक्रियता

जुम्ला – आर्थिक समृद्धिको आधार मानिएको गिडिदहको प्रर्वद्धनमा तातोपानी गाउँपालिका निरन्तर जुटिरहेको छ । नमुना पर्यटन गन्तव्य बनाउने सोचका साथ गिडिदहको पूर्वाधार विकासलाई प्रथामिकता समेत दिईएको छ ।
शनिवार विहान गिडिदह सम्मेलनको दुई वर्षे प्रगति सार्वजानिक कार्यक्रममा बोल्दै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले गिडिदहको प्रर्वद्धनका फूलचौल्याबाट सिधै गिडिदह पुग्ने पदमार्ग निर्माणलाई सम्पन्न गरिने बताए ।
उनले भने, ’वातावरणिय प्रभाव मुल्यांक सकिने बित्तिकै फूलचौल्या सम्म सडक पुराउँछौ । पालिकाले राम्रो काम गर्दै जाँदा कहिले कामै नभएका योजनाको अख्तियारमा उजुरी दिने, कहिले मलेपको प्रतिवेदनलाई आधार बनाएर प्रचरित्र हत्या गर्ने जस्ता हमला गर्न खोजिरहेका छन् । यदपी तातोपानी सधै, जनताको सेवा प्रवाह विकास निर्माण, सुशासन पार्दशितामा अडिग भएर अघि बढ्छौ ।’
तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलले तातोपानीलाई समृद्ध बनाउन सबै सरोकारवालाको महत्वपूर्ण भुमिका रहने बताईन् । न्युनतम धर्म निभ्याएर पत्रकारिता गर्न जरुरी रहेकामा जोड दिईन् ।
गिडिदहको प्रर्वद्धनका लागि सडक यातायात पदमार्ग निर्माणलाई जोड दिनु पर्ने बताईन् । सडक पुराएको खण्ड पाटन क्षेत्रका जडिबुटि नास हुने, प्रदुषण फैलिने भएकोले पदमार्गलाई जोड दिनु पर्ने उल्लेख गरिन् ।
तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तीर्थ बहादुर कठायतले तालको प्रर्वद्धनमा वडाध्यक्षको सक्रियता प्रशंसा योग्य रहेको बताए । होटलबासको व्यवस्थापनसंगै आन्तरिक बाह्य पर्यटकको आबश्यकतालाई मध्यनजर गर्दै आउन जान लाग्ने समय, पर्यटन क्षेत्र, बास बस्ने क्षेत्र लगायतका विषयमा पर्चा पम्पलेटका आधारमा प्रचार प्रशार गर्ने विषयमा जोड दिन आबश्यक रहेको उल्लेख गरे ।
तातोपानी गाउँपालिकाका वडा नं .४ का अध्यक्ष अम्मर बहादुर रोकायाले गिडिदह सम्मेलनको दुई वर्षमा धर्मशाला निर्माण, पदमार्ग निर्माण, दहको नापजाँच तथा सार्वजानिक, लगायतका विभिन्न, सात वटा नमुना काम गरिएको बताए । गिडिदह पुग्ने रुटको नक्साङ, सरसफाई व्यवस्थापन लगायतका विषयमा जोड दिईने उनको भनाई छ ।
उनले भने,’ सरकारसंग पहल गरेर गिडिदह क्षेत्रलाई संरक्षण क्षेत्रका रुपमा विकास गर्ने तयारीमा छौँ । सिजननुसारको होटल संचालन गर्ने, फूलचौल्यामा धर्मशाला बनाउने, पदमार्ग बनाउने लगायतका विषयमा पनिजोड दिन जरुरी छ ।’ पालिकाको समृद्धि, रोजगारी सृजनाका लागि गिडिदहको प्रर्वद्धन अभियानलाई निन्तर अघि बढाइने उल्लेख गरे ।

प्रकाशित मिति : २०८१ असार ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस