तातोपानी गाउँपालिकाकाे बजेट खर्च ८१ प्रतिशत

जुम्ला । तातोपानी गाउँपालिकाले कूल ८१ प्रतिशत बजेट खर्च भएको छ । आर्थिक वर्ष २०८०÷०८१ असार मसान्तसम्म चालु र पुँजीगत गरी कूल ८१ दशमलब १७ प्रतिशत खर्च गरेको हो ।

जसमा कूल ५५ करोड ६१ लाख ७५ हजार ७५८ रुपैयाँ मध्य चालु र पुँजीगरी ४५ करोड १४ लाख ९० हजार ७१७ रुपैयाँ खर्च भएको छ । जसमा पुँजीगत तर्फ ३७ करोड ४२ लाख १९ हजार ७५८ रुपैयामध्य ३२ करोड २९ लाख ११ हजार ९०९ रुपैया  खर्च भएको तातोपानीको वार्षिक प्रगती विवरणमा उल्लेख छ ।

त्यस्तै चालु तर्फ १८ करोड १९ लाख ५६ हजार रुपैया विनियोजन गरेकामा १२ करोड ८५ लाख ७८ हजार ८०८ रुपैया खर्च भएको तातोपानी गाउँपालिकाका सूचना अधिकारी ओम बहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार तातोपानीले गत आर्थिक वर्षमा ७८.१ प्रतिशत बजेट खर्च भएको थियो । तर आर्थिक वर्ष २०८०÷०८१ को अन्त्य सम्ममा विगतको भन्दा ३ प्रतिशतले बजेट खर्च बढेको छ ।

सोमबार पालिकाद्धारा आयोजित वार्षिक सार्वजानिक सूनूवाई कार्यक्रममा प्रस्तुत विवरणनुसार आर्थिक विकास ६६.७० प्रतिशत, सामाजिक विकासमा ६९.८१ प्रतिशत, पुर्वाधार विकासमा ७७.१ प्रतिशत, सुशासन तथा विपद् व्यवस्थापनमा ६०. ६२ प्रतिशत र कार्यालय सञ्चालनतर्फ ७९.४३ प्रतिशत खर्च भएको छ ।

संघ प्रदेश र स्थानीय तहबाट सञ्चालन भएका योजनाको भौतिक प्रगती शत प्रतिशत भएको चन्दले उल्लेख गरे । उनले भने,‘पालिकाका आठै वडामा संचालित ६ दर्जनबढी योजना पूर्ण सम्भपन्न भएर अन्तिम भुक्तानी भईसकेको छ । त्यसैगरी ठेक्का मार्फत संघ प्रदेशको लगानीमा ७ वटा आयोजना निर्माण भएका छन् ।


श्रमदान अभियान प्रभावकारी सञ्चालन, १२ सय बढी अति विपन्न नागरिकको निशुल्क स्वास्थ्य बीमा, प्रशासनिक भवन निर्माण, निशुल्क एम्बुलेन्स सेवा जस्ता नमुना काम गरिएको छ ।  
प्रशासकीय भवन निर्माण एक वटा, वडापालिका भवन निर्माण दुई वटा, खानेपानी योजना निर्माण तथा मर्मत ९१० घरधुरी, सिचाई कुलो निर्माण मर्मत १६ हेक्टर, स्याउ बगैचा घेरबार ६१० मिटर, झोलुङ्गे पुल एक वटा निर्माण भएको जनाएको छ ।

पर्यटकिय मन्दिर निर्माण २१ वटा, नदैडाब धर्मशाला निर्माण एक वटा, गिडिदह पर्यटकिय पदमार्ग निर्माण ५ किलोमिटर र सडक तीन किलोमिटर मिटर निर्माण भएको छ ।    


सार्वजानिक सूनुवाई कार्यक्रममा बोल्दै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईले सिमित स्रोत तथा काम नभएका योजनाको अख्तियारमा उजुरी हाल्ने आतंकका बीच पनि पालिकाका समृद्धीका लागि काम भईरहेको बताए ।

उनले भने,‘पालिकाको समृद्धी जनप्रतिनिधि कर्मचारीले चाहेर मात्रै सम्भव छैन् । नागरिकको रचनात्म सहयोगको आबश्यकता छ । तर रचनात्मक सुझाब भन्दा गलत टिप्पणी मात्रै गर्ने प्रबृत्तिले काम गर्न गर्न असहज छ ।’

जिल्ला समन्वय समितिका निवर्तमान उपप्रमुख कार्मा बुढाले विकास,सुशासन,सेवा प्रवाहका क्षेत्रमा तातोपानीले गरेको काम जिल्लाकै नमुना र अनुसरणयोग्य भएको बताए ।

तातोपानीकी उपाध्यक्ष रेवती रावलले पूर्वाधार विकास संगै सामाजिक विकासमा पनि तातोपानीले प्रथामिकता दिएको उल्लेख गरिन् । नागरिकबाट प्राप्त सुझावलाई आगामी नीति कार्यक्रममा समेटीने उनको भनाई छ ।

प्रमुख प्रशासकिय अधिकृत तीर्थ बहादुर कठायतले नागरिकको सेवा सन्तुष्टीलाई ध्यानमा राखेर विकास र सेवा प्रवाहलाई चूस्त बनाउन लागि पर्ने उल्लेख गरे । साथै तातोपानी गाउँपालिकाका प्रवक्ता अमर बहादुर रोकायाले विभिन्न चुनौतीका बीच तातोपानी समृद्धीको यात्रामा लम्कीरहेको बताए ।

उनका अनुसार तातोपानीलाई विभिन्न चरणमा हमला भईरहेकोले नागरिककले नबुझेरै जनप्रतिनिधि र कर्मचारी प्रति धारणा बनाउँदा समस्या भएको छ ।
कार्यक्रममा पालिकाबासीले विगतको भन्दा विकास र सुशासनका अबब्ल बन्दै गएको र सेवा सुधारमा जोड दिन सुझाव दिए ।

प्रकाशित मिति : २०८१ साउन १ गते सोमवार
प्रतिक्रिया दिनुहोस