
जुम्ला । जुम्लालाई पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना जिल्ला घाेषणा गरिएकाे छ । खाेप उमेर समुहका सबै बालबालिका खाेपकाे पहुँचमा पुगेकाे सुनिश्चितता गर्न वार्षिक कार्यक्रमनुसार जुम्लालाई पूर्णखाेप सुनिश्चितता घाेषणा गरिएकाे हाे ।
साेमबार जिल्ला स्थित सराेकारवालाकाे सहभागितामा जुम्लालाई पूर्ण खाेप सुनिश्चिचतता तथा दिगाेपना जिल्ला घाेषणा गरिएकाे छ ।
आर्थिक वर्ष २०८०/८१ मा जुम्लाका आठै स्थानीय तहका बालबालिका पूर्ण खाेपकाे पहुँचमा पुगेका छन् ।
खाेप उमेर समूह १६ महिनादेखि ५९ महिनाभित्रका बालबालिकालाई दिइने विभिन्न खोप सबै पाएकाे र काेहि पनि नछुटेकाे एकिन भएपछि पुर्ण खोप सुनिश्चित जिल्ला घोषण गरिएको हाे जनस्वास्थ्य कार्यालय जुम्लाका सूचना अघिकारी प्रेम सुमाईले बताए ।
उनका अनुसार जिल्लाभरका दुई हजार नौ सय २७ बालवालिकाले पुर्ण खोप लगाएका छन्। बालबालिकाले बीसीजी, डिपिटी, दादुरा, रुवेला लगायतका विभिन्न नियमित खोप लगाईएको छन् । सबै ।खाेप लगाएकाे सुनिश्चित गर्न अनिवार्य पूर्णखाेप सुनिश्चित जिल्ला घा्ेषणा गरिएकाे उनकाे भनाई छ ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलेराेग प्रतिराेधात्मक क्षामता बढाउन अनिवार्य खाेप लगाउनु पर्ने बताए ।
यसैबीच जुम्लाका आठ बटै स्थानीयतहलाईपूर्ण खाेप सुनिश्चतता घाेषणा सम्म महत्वपुर्ण याेग्दान गरेकाे भन्दै सम्मान गरिएकाे छ । विगतकाे भन्दा जुम्लामा पछिल्लाे वर्ष खाे सेवा प्रभावकारी बन्दै गएकाे छ ।