सडककाे अबस्था बुझेर मात्रै यात्रा गर्न सडक डिभिजन जुम्लाकाे आग्रह

जुम्ला । सडककाे अबस्था बुझेर मात्रै यात्रा गर्न सडक डिभिजन जुम्लाले आग्रह गरेकाे छ । अविरल वर्षाका कारण कर्णाली राजमार्ग र नाग्म-गमगडी सडककाे विभिन्न खण्डमा अबरुद्द हुने भएकाेले अबस्था बुझेर मात्रै यात्रा गर्न डिभिजनले आग्रह गरेकाे हाे ।

सडक डिभिजनकाे जुम्लाकाे कार्यक्षेत्र कर्णाली राजमार्ग अन्तर्गत दैखाेला-कालिकाेट हुँदै नाग्म सम्म र नाग्म-गमगडी सडकका विभिन्न खण्डमा पटक पटक पहिराे जाने जाेखिम छ ।
डिभिजनले शुक्रबार सूचना जारी गर्दै भनेकाे छ,’मनसुनजन्य घटना बढ्दाे क्रममा छन् । पहिराेले पटक पटक सडक अबरुद्द हुने क्रम जारी छ । जसका कारण यात्रा कष्टकर बनेकाे छ । त्यसैले यात्रा गर्नु पूर्व सडककाे अबस्था र जाेखिमका बारेमा राम्ररी बुझेर,हेरेर सुनेर मात्रै सावधानी पूर्वक यात्रा तय गर्न गर्नुहाेला ।’

साथै कर्णाली राजमार्ग र नाग्म-गमगडी सडकमा रात्रीकालिन यात्रा नर्गन समेत सबै यात्रुहरुलाई आग्रह गरिएकाे छ ।

पटक पटक पहिराे जाने कारणले सडक अबरुद्द हुने हुँदा पहिराे पन्छाउने समय सम्म धेर्यै गर्न समेत अनुराेध गरिएकाे छ ।

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस