तातोपानीमा ३६ बुदेँ कार्यसम्पादन सम्झौता,विकास र सुशासनमा जोड(पूर्णपाठ)

जुम्ला । तातोपानी गाउँपालिकामा कार्य सम्पादन करार सम्झौता गरिएको छ । वार्षिक नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा सुशासन सेवा प्रवाहलाई चुस्त बनाउन गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाई र प्रमुख प्रशासकिय अधिकृत तीर्थ बहादुर कठायतबीच करार कार्यसम्पादन सम्झौता गरिएको हो ।

चालु आर्थिक वर्ष २०८१÷८२ मा विनियोजित बजेट तथा कार्यक्रमको शत प्रतिशत कार्यान्वयन गर्न,नागरिकमैत्री सेवा प्रवाह गर्न,विषयगत शाखाका कार्यक्रमलाई प्रभावकारी बनाउन,जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय सहकार्यलाई थप प्रगाढ बनाई समृद्ध पालिका बनाउने लक्ष्य सहित ३६ बुदेँ करार कार्यसम्पादन सम्झौता गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाँईले बताए । उनका अनुसार कार्यसम्पादन सम्झौतानुसार सबै विषयगत शाखाहरुले भनेकै बेला आफ्नो प्रगती समस्या चुनौतीहरु कार्यपालिका समक्ष पेश गर्नुपर्ने ।

अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको कार्य सम्पादन सम्झौतापछि प्रमुख प्रशासकिय अधिकृत र विषयत शाखा प्रमुखबीच कार्यसम्पादन करार सम्झौता भएको छ । प्रमुख प्रशासकिय अधिकृत तीर्थ बहादुर कठायले पालिका स्थित कृषि,पशु,महिला तथा बालबालिका,शिक्षा,स्वास्थ्य,लघुउद्यम,पोषण,सूचना प्रविधि लगायतका शाखा प्रमुख संग करार सम्झौता भएको बताए ।

सम्झौता बमोजिम विनियोजित कार्यक्रमको प्रभावकारी संचालन गर्ने प्राप्त उपलब्धी सहितको प्रतिवेदन आबश्यकतानुसार शाखा प्रमुखहरुले बुझाउनु पर्ने सम्झौतामा उल्लेख छ । कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहमध्य पहिलो पालिकाका रुपमा तातोपानीले थालेको कार्यसम्पादन सम्झौताले विकास निर्माण र सेवा प्रवाहमा तातोपानीमा अब्बल बन्दै गएको छ । कर्णालीमै तातोपानी बैशाखमै अन्तिम भुक्तानी सक्ने समेत पहिलो पालिका हो ।

कार्यसम्पादन सम्झौताले कर्मचारीलाई काम प्रति थप जिम्मेवार बनाउने प्रमुख प्रशासकिय अधिकृत कठायतले कर्णाली मिसनलाई बताए । उनका अनुसार सम्झौतामा कर्मचारीलाई तोकिएको जिम्मेवारी पुरा गर्न आबश्यक सहज वाताबरण बनाउने तथा दक्षता अभिबृद्धिमा समेत जोड दिईने उल्लेख छ । जुम्लामा कार्यसम्पादन सम्झौता नयाँ अभ्यास हो । यसले कर्मचारीलाई काम प्रति जिम्मेवार बनाउनुका साथै जनताको सेवा र अपेक्षित उपब्धी हासिल गर्न समेत प्रेरित गरेको छ ।
३६ बुदेँ कार्यसम्पादन सम्झौताको पूर्णपाठ यस प्रकार रहेको छ ।

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस