जुम्ला । अबैध रुपमा संकलित जडिबुटि सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रुपमा संकलित यार्सागुम्बा र वन लसुन सहित दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरी निरिक्षक असिम हमालले जानकारी दिए । उनका अनुसार साउन ५ गते दिउँसो र राती गरी जुम्लामा अवैध रुपमा जंगली जडिबुटि यार्सा (१७० ग्राम) र वन लसुन (४००ग्राम) सहित २ जना व्यक्तीलाई नियन्त्रणमा लिईएको हो ।
आबश्यक कारबाहीको सव डिभिजन वन कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाकारी दिएको छ ।
प्रकाशित मिति : २०८१ साउन ७ गते आइतवार



