जुम्लामा सुत्केरी महिलाको निश्सासिएर मृत्युु

जुम्ला – पातारासी गाउँपालिका – ६ बाँता गाउँकी एक सुत्केरी महिलाको निश्सासिएर मृत्यु भएको छ । आगो बालेर सुतेको अवस्थामा निश्सासिएर उनको मृत्युु भएको हो । सुत्केरी भएको ११ ओैं दिनमा आगोले सेक्न बालेको कोइलाको धुवाँमा निश्सासिएर मृत्यु भएको हो ।
पातासारी गाउँपालिका –४ माइती घर भई – ६ नम्बर वडा वाँता गाउँमा विवाह गरेर चन्दननाथ नगरपालिका – ५ कालेखोलीमा बस्दै आएकी २२ वर्षीया मायालक्ष्मी महताराको निश्सासिएर गम्भीर घाइते भएकी थिइन् ।
घाइते महतारालाई अस्पताल ल्याउँदा उपचारको क्रममा निधन भएको उपचारमा संलग्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. विश्व श्रेष्ठले बताए । उनले भने, ‘धुवाँमा निश्सासिएर मृतक महताराकी बहिनी जुनमाया रोकया र १२ दिने दूधे बच्चा पनि घाइते छन् ।’
उनका अनुसार बच्चालाई एनआइसीयूमा राखेर उपचार थालिएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक छेदिलाल कामतिका अनुसार सुत्केरी महतारालाई अस्पताल पु¥याएको केही समयमै निधन भएको हो । तीनै जनालाई सोमबार बिहान सवा सात बजे उपचारका लागि अस्पताल ल्याएको थियो । ‘उनीहरू दुई तले घरमा बस्दा रहेछन् । सुत्केरी भएकोले तेलमा मेथी र आगो बालेको पाइएको छ ।’
उनले भने, ‘त्यो राती आफन्तहरूको पनि जमघट भएको रहेछ । राती ११ बजे श्रीमान र सासू माथिल्लो कोठामा सुतेछन् ।’
प्रहरी घटनास्थल पुग्दा सुत्केरीलाई तताउन आगो बालेको पाइएको र घटनास्थलमा धुवाँको प्रभाव बाँकी नै रहेको पाइएको छ ।
मृतक महतारा र बहिनी रोकाया तल्लो कोठामा सुतेका मृतकका आफन्त तथा नेपाली कांग्रेस जुम्लाका उपसभापति कार्मा बुढाले बताए । ‘सोमबार विहान भने अबेरसम्म नउठेपछि आफन्तले ढोका फोडेपछि घटना थाहा भएको हो,’ उनले भने, ‘अब पोष्टमार्टम रिपोर्ट आएपछि घटना पुष्टि हुने देखिन्छ ।

प्रकाशित मिति : २०८१ साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस