जुम्लाका सुन पसलले बेच्छन् लागु औषध, एक जना पक्राउ

जुम्ला – चन्दननाथ नगरपालिका – ४ हाईस्कुल लाईनकाे एउटा सुन चाँदी पसलमा लागु औषध भेटिएको छ। बुधबार दिउँसो प्रहरीले  सुचनाको आधारमा सुन पसलमा लागु औषध बरामद गरेको हो।
साेही नगरपालिका – ३ डाँडाकाेटका हाईस्कुल लाईनमा सुन चाँदी व्यवसाय गर्दै आएका ३० वर्षीय मीनबहादुर सुनारकाे पसलमा लागु औषध भेटिएको हो।
प्रहरीका अनुसार सुन चाँदी पसल भित्र लुकाई छिपाई तिन पुरिया ब्राउन सुगर जस्तो देखिने लागु औषध राखिएको थियो । जसको तौल प्लास्टिक हटाई सुद्ध ८५० मिलि ग्राम रहेको छ। भेटिएको लागु औषधसहित सुनारलाई पक्राउ गरिएकाे डिएसपी छेदिलाल कामतिले बताए ।

प्रकाशित मिति : २०८१ साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस