जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नं. ५ स्थित हिमा नदी माथि दुर्गम भैसेडीमा पक्की पूल निर्माण गरिएको छ । दुर्गम कनकासुन्दरीका सुन्दरी बस्तीलाई यातायातको पहुँचमा पुराउन पूर्वाधार विकास कार्यालय जुम्लाले नयाँ प्रविधिको (प्रि–स्ट्रेस कंक्रीट पूल) भैसेडीमा पक्की पूल निर्माण गरेको हो ।
हिमाली क्षेत्रमा निकै जोखिमयुक्त मानिने प्रि–स्ट्रेस कंक्रीट पूलको निर्माण गर्न पूर्वाधार विकास कार्यालय जुम्ला सफल भएको छ । यस्तो प्रकृतिको पूल निर्माण निकै सावधानी नअपनाए अन्तिमा पूल चर्किने समस्या देखा पर्छ ।
तर पूर्वाधार विकास कार्यालयको नियमित निरिक्षण निगरानी तथा स्थानीय सडक पूल ईकाईका प्राविधिक तथा सामाजिक सुरक्षा अधिकारी परमान्द चाैधरीकाे सक्रियतामा मापदण्ड र स्टमेटनुसार पूल निर्माण सम्पन्न भएकाे हाे ।
गाउँ गाउँमा सडक पुगेपनि पूल नहुँदा कनकासुन्दरी वडा नंं. ४ र ५ का नागरिक यातायात सेवाबाट बन्चित थिए । भने झुलंगे पूलकै साहारामा आवतजावत गर्नुपर्ने बाध्यता थियो । भैसेडीमा पक्की पूल निर्माण भएपछि दुर्गम गाउँलाई पालिकाको केन्द्रसंग जोडन् र स्थानीयको दैनिकी समेत सहज बन्दै जाने अपेक्षा गरिएको छ ।
दुर्गम भैसेडीमा विभिन्न जटिलताका बीच पक्की पूल निर्माण कार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख पदम देवकोटाले बताए । उनले भने‘विभिन्न चुनौतीका बीच पूल सम्पन्न भएको छ । अब आवतजावतमा सहज हुने अपेक्षा छ । पूलको दुई साईटमा आरसिसि गर्ने हालको टेण्डरबाट नभएको र नयाँ टेण्डर गरी आरसिसि गर्ने तयारी छ ।’
पूलको लागत अनुमान भने चार करोड ६१ लाख ६३ हजार ९७३ रुपैयाँको गरिएपनि पूल निर्माणका लागि भ्याट सहित कूल चार करोड ३२ लाख ६३ हजार ९७३ रुपैयामा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यायलले जनाएको छ ।
पूल निर्माणको जिम्मा ए.डी,बिल्डर्स बौद्ध ७ काठमान्डौले लिएको थियो । ०७९ असार २९ गते कार्य सम्झौता भई ०८१ असार २५ गते काम सम्पन्न गर्नुपर्ने सम्झौता बमोजिम निर्माण व्यवसायीले समयमै काम सकाएको छ ।
पूलको लम्बाई ३० मिटर,चौडाई ८.४ मिटर,गाडी गुड्ने चौडाई ६ मिटर,मानि हिड्ने चौडाई दुबै साईट १.२ मिटर रहेको निर्माण कम्पन्नीले जनाएको ।
नियमित फिल्डमै खटिएर स्टमेटनुसार गणस्तरीय पूल निर्माण गरिएकाे स्थानीय सडक पूल सहयोग ईकाइको प्राविधिक परमान्द चाैधरीकाे भनाई छ । उनले जिल्लामा बन्ने सबै पूलकाे निर्माणमा आफ्नाे सहयाेग पहल रहने उल्लेख गरे ।
भैसेडी पूलबाट कनकासून्दरीका स्थानीय बासीलाई जुम्ला सदरमुकाम आउन निकै छोटो हुने । सदमुकाम सम्म सडक जोडिएमा कनकासुन्दरी सिधै सदरमुकाम संग जोडिने भएको छ । दुर्गम गाउँमा पहिलो पटक पक्की पूल निर्माण भएपछि स्थानीय उत्साहित समेत भएका छन् ।
पूर्वाधार विकास कार्यालयले विनियोजित कार्यक्रम अन्तरर्गत सडक निर्माण,ग्राभेल,स्तरन्नोती लगायतका कामलाई विशेष प्रथामिकताका साथ अघि बढाएको छ ।