पातारासीकाे सार्वजानिक सुनुवाई: कूल बजेट खर्च ८१ प्रतिशत,८ कराेड फ्रिज

जुम्ला । जुम्लाकाे पातारासी गाउँपालिकाले ८१ प्रतिशत बजेट खर्च गरेकाे छ । गत आर्थिक वर्ष २०८०/८१ मा विनियाेजित कूल बजेट मध्य ८१.४४ प्रतिशत बजेट खर्च भएकाे हाे ।

गत आवमा कूल ४४ कराेड ८५ लाख ३३ हजार ५२ रुपैया विनियाेजन गरेकाे पातारासीले असार मसान्तसम्म कूल बजेट मध्य ३६ कराेड ५३ लाख ८७ हजार ९७९ रुपैया अर्थात ८१.४४ प्रतिशत बजेट खर्च गरेकाे छ ।

जसमा विनियाेजित कूल बजेट मध्य ८ कराेड ३३ लाख बढी बजेट खर्च हुन नसकेर फिर्ता भएकाे छ । केही याेजनाहरु स्टमेटनुसार काम नभएर बजेट खर्च कम देखिन्छ । भने ठेक्काका याेजनाहरु घटेर निर्माण हुने र बचेकाे बजेटलाई फ्रिज मान्न नमिल्ने प्राविधिक शाखा प्रमुख नविन शाहीले बताए ।

भने पुँजिगत तर्फ विनियाेजित कूल १७ कराेड ६५ लाख ७२ हजारमध्य १२ कराेड ४२ लाख ३ हजार ७३७ अर्थात ७०.३४ प्रतिशत पुँजीगत खर्च भएकाे छ ।

चालू तर्फ विनियाेजित २७ कराेड २० लाख ६० हजार ९२९ रुपैया मध्य खर्च २४ कराेड ११ लाख ८४ हजार १९२ अर्थात ८८.६५ प्रतिशत खर्च भएकाे वित्तिय प्रगती विवरणमा उल्लेख छ ।
पूर्वाधार विकासलाई गति दिएकाे छ। पालिकाकाे भाैगा्ेलिक विकटता र गाउँबस्तीकाे आबश्यकतालाई मध्यनजर गर्दै पातारासीले पूर्वाधार विकासलाई गति दिदै आएकाे हाे । तर शिक्षा,स्वास्थ्य,राेजगारमा कमजाेर देखिएकाे पातारासीले त्यस क्षेत्रमा भने अपेक्षित लगानी गर्न सकेकाे छैन् ।

आईतबार आयाेजित पातारासीकाे आव २०८०/८१ काे सार्वजानिक सूनुवाईमा प्रस्तुत प्रगती विवरणनुसार गत आवमा पातारासीका ७ वटा वडामा २ सय ६४ वटा याेजना सम्पन्न भएका छन्।
वडाबाट माग भई आएका कृषि,शिक्षा, स्वास्थ्य,पर्यटन, खानेपानी,सिँचाई लगायतका क्षेत्रका २ सय ६४ वटा याेजना सम्पन्न भएका हुन् ।

प्रगती विवरणनुसार गत आवमा कूल १२ कराेड ३६ लाख ९० हजार ८२३ रुपैया खर्चेर सात वटा वडामा २ सय ६४ वटा याेजना सम्पन्न भएकाे पातारासी गाउँपालिकाका याेजना शाखा प्रमुख दान बहादुर शाहीले बताए ।

वडामा विनियाेजित कूल १३ कराेड ९७ लाख ३५ हजार १५८ रुपैया मध्य खर्च १२ कराेड ३६ लाख ९० हजार अर्थात ८८.४ प्रतिशत वित्तिय प्रगती भएकाे छ ।

प्रकाशित मिति : २०८१ साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस