हिमा गाउँपालिकामा लक्ष्यभन्दा ६ लाख राजश्व बढी संकलन

जुम्ला । जुम्लाकाे हिमा गाउँपालिकाले गत आर्थिक वर्षमा लक्षभन्दा बढी राजश्व संकलन गरेकाे छ । गत आर्थिक वर्ष २०८०/८१ मा हिमाले वार्षिक लक्ष्यभन्दा बढी राजश्व संकलन गरेकाे हाे ।

गत आवमा वार्षिक राजश्व संकलनकाे लक्ष्य १९ लाख राखिएकाेमा असार मसान्त सम्ममा ६ लाखले बढेर कुल २५ लाख राजश्व संकलन भएकाे हिमा गाउँपालिकाका राजस्व शाखा प्रमुख दिपेन्द्र बहादुर शाहीले बताए । पालिकाका विभिन्न शाखा र ६ वटै वडाबाट गरि लक्ष्यभन्दा ६ लाख बढी राजश्व संकलन भएकाे उनकाे भनाई छ ।

एम्बुलेन्स,वडाबाट लिने विभिन्न सिफारिस तथा विषयगत शाखाबाट लिने सिफारिस मार्फत पालिकाले राजश्व संकलन गर्ने गरेकाे छ ।

जसमा पालिकामा संचालित तीन वटा एम्बुलेन्स ६ लाख ५० हजार ५ सय रूपैयाँ राजस्व संकलन भएकाे छ । पालिकाकाे राजश्व शाखाकाे तथ्यांकनुसार वडा नम्बर १ मा  १ लाख ८२ हजार १ सय ६० रूपैयाँ,वडा नम्बर २ काे १ लाख ३९ हजार, वडा नम्बर ३ मा  ३ लाख ६१ हजार ३सय २० रूपैयाँ राजस्व संकलन भएकाे थियाे ।

यस्तै वडा नम्बर ४ मा ३ लाख,वडा नम्बर ५ मा ८४ हजार ६ सय ७० र वडा नम्बर ६ काे १ लाख ९७ हजार २ सय ५३ र  वडा नम्बर ७ मा ९३ हजार ६ सय १० रूपैयाँ राजस्व संकलन भएकाे छ ।

वडा र विषयगत शाखाकाे सिफारिस आधारित राजश्व संकलनमै स्थानीय तहहरु केन्द्रित भएर कराेडाै राजश्व संकलन गर्न सकिने ढुंगा,गिट्टि,वालुवाकाे परिचालन गर्न सकेका छैनन् ।

त्यस्तै पालिकाहरुले कृषि पर्यटन,जल,जंगल,जटिबुटि लगायत राजश्व संकलनका क्षेत्रमा ध्यान पुराउन सकेका छैनन्।
अनुदानमा आधारित बजेट बनाउदै आएकन पालिकाहरु स्थानीय स्राेत साधनकाे अधिकतम प्रयाेग गरी आन्तरिक आय बृद्दि गर्न र आत्मनिर्भर बन्न समेत चुकिरहेका छन् ।

जसले गर्दा राजश्व संकलनका प्रयाप्त सम्भावना भएपनि परिचालनकाे ठाेस नीति नहुँदा स्थानीयतहले राजश्व गुमाउदै आएका छन् ।

स्थानीयतहकाे राजश्व संकलनकाे मुख्य स्राेत नदीजन्य वस्तु भएपनि त्यसकाे व्यवस्थापन तथा उत्खनन् लाई व्यवस्थित बनाउन समेत स्थानीयतहले सकेका छैनन् ।

प्रकाशित मिति : २०८१ साउन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस