जुम्ला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा जुम्लाले सार्वसाधारणलाई अनुदानको चामल वितरण कार्य वन्द गरेको छ । अनुदनको चामल गोदाममा अभाव भएपछि वितरण गर्न साउन ९ गतेदेखि गरेको हो ।
कम्पनीले खाद्यान्न आपूर्ति व्यवस्थापन र भण्डारण मौज्दात व्यवस्थापनलाई मध्यनजर गर्दै विपत, कारागार, जन्म, मरण, सहुलियत पसलका लागि मात्रै मौज्दात रहेको छ । अन्य सर्वसाधारणलाई अनुदान चामल वितरण वन्द गरिएको शाखा प्रमुख सन्तोष तिवारीले बताए । उनले भने अहिले गोदाममा १३ सय कन्टल मात्रै चामल मौज्दात रहेको छ । यो मौज्दात चामल अत्यावश्यकका लागि हो ।
गोदाममा चामलको मौज्दात न्यून हुदा वितरण गर्न सकिएको छैन । चामल ढुवानी हुदै छ । साउन २० गतेपछि मात्रै अनुदानको चामल वितरण गरिने छ ।

प्रकाशित मिति : २०८१ साउन १५ गते सोमवार



