जुम्ला । जुम्लाकाे तिला गाउँपालिकाकाे देउली पाटनमा चट्याङ्ग लागेर एकसय भेडा मरेका छन् । देउली पाटनमा मंगलबार दिउँसाे १२ बजे चट्याङ्ग परेपछि तिला-७ पाेख्री गाउँका किसानका एकसय भेडा मरेका हुन् ।
वडा नं ६ र ९ काे सिमानामा पर्ने देउली पाटनमा चट्याङ्ग परेर पाेख्री गाउँका किसानकाे करिब एक सय भेडा मरेकाे तिला गाउँपालिकाका अध्यक्ष माेतिलाल राेकायाले बताए ।
उनका अनुसार पोख्रीका भीम वहादुर रोकाया, लालसिंह रोकाया, कालीवहादुर रोकाया, बिर वहादुर रोकाया, बल वहादुर रोकाया, कालीवहादुर बोहोरा, नैने बुढा र राम वहादुर रोकायाका करिब एक सय भेडा मरेका हुन ।
उनले भने,’पाटनमा हावा हुरी सहित चट्याङ्ग लागेर पाेख्रीका ९ जना किसानका सय भेडा मरेका छन् । कसका कति मरेका हुन भन्ने एकिन विवरण आउन बाँकी छ । क्षतिकाे विवरण संकलन गर्न प्रहरी पाटन तर्फ जादैन् । छिटाेमा बुधबार सम्म विवरण आउछ ।’
साथै चट्याङ्गमा परी तिला-७ का अन्दाजी ५५ वर्षिय लाल सिंह राेकाया सामान्य घाईते भएका छन् । पिडित भेडापालक किसानलाई राहत दिन पालिकाकाे विपद व्यवस्थापन समितिकाे बैठक बसेर निर्णय गरिने अध्यक्ष राेकायाले जानकारी दिए ।
खर्कमा व्यवस्थित भेडीगाेठ नहुनु र किसानले भेडाकाे बिमा नर्गदा पटक पटक यस्ता विपद्बबाट लाखाैकाे क्षति व्यवहाेर्दै आएका छन् । स्थानीय सरकारले भेडा पालक किसानलाई राहत दिन विशेष अनुदान तथा सहुलियतका कार्यक्रम ल्याउनु पर्ने किसानकाे माग छ ।
अध्यक्ष राेकायाका अनुसार घटना भएकाे क्षेत्र धेरै टाढा रहेकाे र प्रहरी पुग्न समय लाग्ने भएकाेले क्षतिकाे एकिन विवरण आउन भने बाँकी रहेकाे छ ।