हिमा-१ का अध्यक्षद्दारा क्याम्पसमा सरसफाइ सामग्री हस्तान्तरण

जुम्ला । हिमा गाउँपालिका – वडा नं १ का अध्यक्ष रतन बहादुर शाहीले जुम्ला बहुमुखी क्याम्पसलाई सरसफाइ सामग्री हस्तान्तरण गरेका छन् ।

क्याम्पसका कक्षा काेठाकाे सरसफाई व्यवस्थापनका लागि वडाध्यक्ष शाहीले सरसफाई सामाग्री हस्तान्तरण गरेका हुन् । बुधबार विहान जुम्ला बहुमुखी क्याम्पसका प्रमुख डा. ओम प्रकाश आचार्यलाई सरसफाई सामाग्री हस्तान्तरण गरिएकाे छ ।

क्याम्पसलाई सधै माया गर्ने र रचनात्मक सहयाेग गर्दै आएका वडाध्यक्षले याे पटक सरसफाई सामाग्री सहयाेग गर्नु सकरात्मक कदम भएकाे स्ववियु अध्यक्ष महेश हमालले बताए।

आफू पढेको क्याम्पसलाई सहयोग गर्न पाउँदा खुसी लागेको वडा अध्यक्ष रतन बहादुर शाहले बताए। उनका अनुसार क्याम्पसलाइ बाल्टी कुचो र डस्टबीहरु सहयोग गरिएकाे छ ।

प्रकाशित मिति : २०८१ साउन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस