प्रेस स्वतन्त्रता हननका घटना बढे

काठमाडौँ  – प्रेस काउन्सिल नेपालले कानुनले दिएको जिम्मेवारीअनुरूप देशभरका सञ्चारमाध्यम र सञ्चारकर्मीको अवस्थाबारे नियमित अनुगमन गरिरहने क्रममा प्रेस स्वतन्त्रता हननका घटना बढेको पाएको छ ।

प्रेस स्वतन्त्रताको रक्षा र प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिन प्रेस काउन्सिल नेपालले साउन १६ गते एक विज्ञप्ति जारी गरी गत वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हननका घटना बढेको तथ्यांक साउन १६ गते सार्वजनिक गरेको छ । प्रेस काउन्सिल नेपालको अनुगमनमा आर्थिक वर्ष २०८०/८१ मा प्रेस स्वतन्त्रता हननका ७९ घटना भएको तथ्यांक काउन्सिलले सार्वजनिक गरेको हो ।

आव २०७९/८० मा गत वर्ष प्रेस स्वतन्त्रता हननका ६७ घटनाको अभिलेख राखिएको थियो । यीमध्ये सबैभन्दा बढी धम्की ÷दुव्र्यवहारका ३७ वटा घटना रहेका छन् । पेसागत असुरक्षाका घटना १६ वटा , कुटपिट/आक्रमणको १२ वटा, कब्जा र अवरोध पाँच वटा, शङ्कास्पद मृत्यु दुई वटा, लैङ्गिक हिंसासम्बन्धी एक वटा घटना रहेका छन् ।

प्रदेशअनुसार, सबैभन्दा बढी बाग्मती प्रदेशमा ३८ घटना भएका छन् । मधेस प्रदेशमा २०, कोसीमा १०, गण्डकीमा पाँच, लुम्बिनीमा तीन, सुदूर पश्चिममा दुई र कर्णाली प्रदेशमा एक घटना भएका छन् ।

प्रकाशित मिति : २०८१ साउन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस