जुम्ला । नेपालकै उत्कृष्ट पर्यटकिय गन्तव्य रारा ताल जाने पर्यटकिय मार्ग ’नाग्म–गमगडी सडक’ संचालन भएको करिब डेढ दशक भयो । सरकारले रारा पर्यटन वर्ष–२०७५,४० उत्कष्ट पर्यटकीय गन्तव्यमा रारा ताल छनोट गरेपनि त्यहाँ पुग्ने मुख्य मार्ग नाग्म–गमगडी सडकको स्तरन्नोतीमा ध्यान दिन सकेन् । मुलत्तः कर्णालीको आर्थिक समृद्दिको लक्ष्य सहित सुरु गरिएको रारा पर्यटन वर्षपनि असफल भयो ।
रारा पर्यटन वर्षले अपेक्षित पर्यटक भित्र्याउन नसक्नु, आएका पर्यटक पनि सन्तुष्ट नहुनुमा सडक पूर्वाधार भरपर्दाे नहुनु र होटल बास व्यवस्थित नहुनु मुख्य कारण हुन । जसका कारण रारामा आर्थिक समृद्दिको प्रचुर सम्भावना भएपनि कर्णालीले लाभ लिन सकेको छैन् ।
नाग्म–गमगडी सडक संचालन भएको डेढ दशकपछि ६ किमी मात्रै कालोपत्रे भएको छ । कूल ९३ किलोमिटर दुरी रहेको उक्त सडकको ६ किमी कनकासुन्दरी–८ को रोकायाबाडा देखि बोता सम्म कालोपत्रे भएको हो । डेढ दशकपछि ६ किमी सडक पिच हुनुले यहि गतिले ९३ किमी सडक कालोपत्रे हुने आधा सताब्दी लाग्ने देखिएको छ ।
२०७९ पुस ९ गतेबाट संचालनमा आएको नाग्म–गमगडी सडकको ९३ किमी दुरी मध्य ६ किमी कालोपत्रे भएपनि अझै ८७ किमी सडक हिलाम्य र धुलाम्यनै छ । रारा घुमेर नयाँ अनुभव बटुल्दै आएका पर्यटक नाग्म–गमगडी सडक र कर्णाली राजमार्गमा हिँउदको धुलो र वर्खाको हिलो सम्झेर फेरि रारा नफर्किने दुख सुनाउँछन् । सम्भावना भएपनि गतिलो पूर्वाधार नहुँदा एक पटक आईसकेको पर्यटक फेरि आउने स्थिती छैन् । यो सबैको मुख्य कारण भनेकै हिलाम्य र धुलाम्य सडक हो ।
साउन भदौको हरियाली वाताबरणमा पर्यटक आउने उपयुक्त समय भएपनि हिलाम्य सडकका कारण पर्यटक आउन सकिरहेका छैनन् । सम्भावना भएर पनि पूर्वाधार अभावले अपेक्षित पर्यटक नआँउदा प्रत्यक्ष घाटा कर्णालीले व्यहोरेपनि सरकारलाई यसको कुनै मतलब छैन् ।
रारा ताल,सिंजा सभ्यता,चन्दननाथ भैरबनाथ,गिडिदह लगायतका पर्यटन क्षेत्रलाई लक्षित गरी नाग्म–गमगडी सडक र कर्णाली राजमार्गलाई विशेष प्रथामिकता दिएर स्तरनोन्नती गर्नु पर्ने कर्णालीबासीको उहिले देखीको जोडदार माग यथावत छ ।
तर संघिय सरकारले हरेक आर्थिक वर्षको बजेटमा उपेक्षा गरेकै कारण धुलो र हिलो नभनी जोखिम मोलेर सास्तीपूर्ण यात्रा गर्न बाध्य भएको सिंजाका स्थानीय दिपेन्द्र उपाध्याय बताउँछन् ।
उनी भन्छन्,‘सडक खुलेको वर्षाैपछि थोरै भएपनि कालोपत्रे भयो । यसमा खुसी छौ । तर कर्णालीको समृद्दी र जनजीवन संग जोडिएको कर्णाली राजमार्ग र नाग्म–गमगडी सडकको सुधारलाई सधै उपेक्षा गर्नु ठुलो अन्याय हो । जुम्लाका सांसदहरुको पनि ठोस पहल कदमी देखिएन् । आखिर कहिले सम्म हिलो धुलोमै यात्रा गर्ने ?’
जुम्लाबाट संघमा प्रतिनिधित्व गर्ने चार वटै सांसदहरुले साझा पहल गरी नाग्म–गमगडी सडकलाई कालोपत्रे गर्नु पर्ने माग छ । जुम्लाबाट प्रायः आन्तरिक बाह्य पर्यटक रिर्जवमा लिएर जाने चालक लोकेन्द्र कट्टेलले नाग्म–गमगडी सडकको मा जोखिम मोलेर यात्रा गर्नु पर्ने बताए ।
उनले भने,‘हिलो र धुलोले यात्रुले मात्रै सास्ती पाएका छैनन् । विभिन्न ठाउँमा गाडी फस्ने,पट्टा भाचिने,खोलामा फसेर ईन्जिननै फेर्नु पर्ने जस्ता समस्याले आम्दानी भन्दा बढी खर्च छ । कष्टका बीच पनि पर्यटकको ओईरो लाग्दा सरकारले किन नबुझेको होला भन्ने लाग्छ । सडक सुधार र होटल वास राम्रो भए पर्यटक थामी नसक्नु आउँछन् ।’
कालोपत्रे गर्न बजेट छैन्
नाग्म–गमगडी सडकलाई कालोपत्रे गर्न चालु आर्थिक वर्षमा ठोस बजेट छैन् । डेढ दशकपछि ६ किमी सडक कालोपत्रे भएपनि बाँकी सडक हिलाम्य र धुलाम्यनै हुने भएको छ । कनकासुन्दरी गाउँपालिका क्षेत्रमा पर्ने कनकासुन्दरी–७ रोकायाबाडा गाँउँदेखि वडा नं. २ बोतागाउँसम्म ६ किमी सडक कालोपत्रे गरिएको हो ।
कालोपत्रेका लागि छुटै बजेट नआएको र महावु हुदैँ नाग्म–गमगडी सडक निर्माणको ठेक्का अन्तर्गत ३५ करोड लगानी भित्र ६ किमी सडक कालोपत्रे गरिएको सडक डिभिजन जुम्लाका प्रमुख चेतन कुमार मण्डलले बताए ।०७८ पुष १२ गते सम्झौता भएको उक्त योजना ०८१ को पुषमै सक्नु पर्ने सम्झौता भएको छ । कालोत्रपे देखि नाग्म गमगडी सडकको अन्य निर्माणको ठेक्का थोदुङ बासना जेभी निर्माण कम्पन्नीले लिएको छ ।
कालोत्रपेका लागि भनेर छुट्ै कुनै बजेट नरहेको र महावु नाग्म गमगडी सडक स्तरन्नोती अन्तरर्गतको बजेटबाट यो वर्ष ६ किमी सडक कालोपत्रे गर्न थालिएको उनको भनाई छ । बहुवर्षीय योजनाका रुपमा नाग्म–गमगडी सडक स्तरबृद्धि भईरहेको छ । यदपी, उक्त सडकको कालोपत्रेका लागि संघिय सरकारले छुट्ै बजेट विनियोजन गर्न सकेको छैन् । सडक डिभिजनले पटक पटक माग गरेपनि सुनुवाई भएको छैन् ।
कर्णाली राजमार्गको एक लेनको सडकमा जोखिम मोल्दै आएका पर्यटकले नाग्म–गमगडी सडकमा धुलो धुवाले कष्ट व्यहोर्ने गरेका छन् । चालु आर्थिक वर्षमा नाग्म–गमगडी सडकका लागि १५ करोड विनियोजन भएपनि सबै पुरानै दायित्व तिर्न ठिक्क हुने छ । प्रमुख मण्डल भन्छन,‘कालोपत्रेका लागि छुट्ै बजेट आएको छैन् । अन्य काम गर्न पनि बजेट अभाव छ । १५ करोड विनियोजन भएको छ । गत वर्षकै दायित्व करोडौ छ । बजेट अभाव र काम नगर्ने ठेकेदारका कारण निकै समस्या छ ।’
६ किमी अन्तरर्गतकै कालोपत्रे गर्ने काम बाँकी रहेको छ । नियमित बजेट बाहेक अरु बजेट छैन् । सबै पहलमा ठोस बजेट नआए सम्म सडक कालोपत्रे सम्भवनै नभएको सडक डिभिजन जुम्लाले जनाएको छ । यदपी,सिमित स्रोतका बीच पनि सडक सुधारको कामलाई भने विशेष प्रथामिकता दिईरहेको सडक डिभिजनको दाबी छ ।