कर्णालीप्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
शिक्षाविकास निर्देशनालय
सामाजिक विकास कार्यालय जुम्ला
सूचना प्रकाशन मितिः२०८१।०४।१८
यस कार्यालयबाट आ. व. ०८१/०८२ मा खरिद कार्यमा सहभागी हुन मौजुदा सूचीमा दर्ता हुने वा
अद्यावधिकको लागि सूचीकृत हुने सम्बन्धी सूचना ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६ (क) तथा सार्वजनिक खरिद नियमावली,२०६४ को नियम १८ को उपनियम (१) अनुसार सार्वजिनक निकायबाट सोही ऐनमा तोकिए बमोजिम हुने खरिद सम्बन्धि कार्यका लागि सम्बन्धित कार्यालयले त्यस्तो खरिदको प्रकुति अनुसार मौजुदा सूचीमा दर्ता हुन वा अद्यावधिक हुन चाहने व्यक्ति, संस्था, आपूर्तिकर्ता,निर्माण व्यवसायी,परामर्शदाता, गैरसरकारी संस्था वा सेवा प्रदायकको छुट्टाछुट्टै सूची तयार गर्नुपर्ने व्यवस्था भए बमोजिम यस कार्यालयबाट आ. व. ०८१/०८२ मा मौजुदा सूचीमा दर्ता वा अद्यावधिक हुन चाहने ईच्छुक फर्म/संघ संस्था वा सेवा प्रदायकले सूचीकृत हुन चाहेको समूह समेत स्पष्ट रुपमा खुलाई अनुसूची – २ क. बमोजिमको ढाँचामा देहायका कागजातको प्रतिलिपि संलग्न राखि यस कार्यालयमा निवेदन पेश गर्न हुन सम्बन्धित सबैमा सुचित गरिएको छ ।
(क) संस्था दर्ता वा फर्म दर्ता प्रमाणपत्र,
(ख) स्थायी लेखा नंम्बर वा मूल्य अभिवृद्दि कर दर्ताको प्रमाणपत्र,
(ग) आ.व. ०७७।०७८ देखि ८०।०८१ सम्मको कर चुक्ता प्रमाणपत्र,
(घ) व्यवसायिक इजाजतपत्र
तुलाराज चौलागाँई
सामाजिक विकास अधिकृत
तपसिलः
(क) खरिद तथा आपुर्तिकर्ता तर्फः १.मसलन्द तथा कार्यालय सामानहरु २.मेशनरी सामानहरु(कम्प्युटर, ल्यापटप, फोटोकपी मेशिन, स्क्यानर, प्रिन्टर, सोलार प्यानल तथा व्याट्रीहरु ups लगायत ईलेक्ट्रोनिक तथा ईलेक्ट्रोनिक्स सम्बन्धि सामानहरु) ३.फर्निचर फिक्चर्स, तथा फर्निसिङका सामाग्रीहरु ४. मोटरसाईकल तथा स्कुटर ५.छपाई सम्बन्धि (लेटरप्याड, खाम, बुकलेट, पुस्तक आदि) ६. जारको पानी, तथा मिनरल वाटर ७.सूचना, पत्रपत्रिका, विज्ञापन, तथा पुस्तक . | (ख) मर्मत तर्फः १.सवारी साधन (मोटरसाईकल, स्कुटर) २.मेशनरी सामानहरु(कम्प्युटर, ल्यापटप, फोटोकपी मेशिन, स्क्यानर, प्रिन्टर, सोलार प्यानल तथा व्याट्रीहरु ups लगायत ईलेक्ट्रोनिक तथा ईलेक्ट्रोनिक्स सम्बन्धि सामानहरु) ३.कार्यालय भवन तथा वाथरुम मर्मत, रंगरोगन, पार्टेसन, तथा वायरीङ सम्बन्धि आदि (ग) सेवाः १.कम्प्युटर नेटवर्क, ईन्टरनेट सेवा सम्बन्धि कार्य २. हार्डवयर, तथा सफ्टवयर सम्बन्धि कार्य (घ) परामर्श सेवाः १. सचेतनामूलक सडक नाटक, तथा साँस्कृतिक कार्यक्रम संचालन २. रोजगारमूलक, तथा आय आर्जन सम्बन्धि तालिम संचालन |