जुम्ला-जुम्ला कारागारमा एक कैदीको मुत्यु भएको छ । खत्याड गाउँपालिका – ३ मुगुका ३४ वर्षीय प्रदिप टमटाको आइतबार मृत्यु भएको हो ।
उच्च रक्तचाप ह्रदयघातका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मृत्यु भएको जेलर जया प्रसाद पाण्डेले बताए । उनले भने, आइतबार विहानै व्याडमेण्टन खेल खेलिसकेपछि खाना खानु अघि छाती दुख्यो भनेर कारागारको खल्लीमा ढलेका हुन् ।
कारागारबाट उपचार गर्न अस्पताल लियौँ । अस्पताल पु¥याएको दुई घण्टापछि मृत्यु घोषणा भएको जेलर पाण्डेले बताए । उनले भने, मृतक टमटाका आफन्त नेपालगज्ज र मुगु जिल्लाबाट जुम्ला आउदै छन् । साउन २१ गते शव पठाउने तयारी गरिएको छ । मृतक टमटाकी पत्निसहित एक छोरी र दुई छोरा रहेका छन् ।
उच्च अदालत सुर्खेत जुम्ला इज्लासले बलात्कार घटनामा पाँच वर्ष कैद तोकेको थियो । उनी ०७९ साउन २७ गते जुम्ला कारागारमा आएका हुन् । तीन वर्ष जति कैद भुक्तान गरिसकेका थिए । उच्च र जिल्ला अदालतले उनलाई दोषी ठहराएको थियो ।
जुम्ला कारागारमा पाँच जना महिलासहित एक सय २३ कैदीवन्दी रहेका छन् ।
उपचारको क्रममा जुम्लामा एक कैदीको मृत्यु
प्रकाशित मिति : २०८१ साउन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस