जुम्ला – कनकासुन्दरी गाउँपालिकामा प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम अन्र्तगत २० वटा योजना सम्पन्न भएका छन् ।
आर्थिक वर्ष ०८०/०८१ गाउँपालिका भित्रका ८ वटा वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमका १२ वटा र मुख्यमन्त्री रोजगार कार्यक्रमका ८ वटा योजना सम्पन्न भएको हुन् ।
गत आर्थिक वर्षमा मुख्यमन्त्री रोजगार कार्यक्रमको एक करोड २० लाख र प्रधानमन्त्री रोजगार कार्यक्रमको ६५ लाख ९६ हजार रुपियाँ बजेट रहेको थियो ।
रोजगार कार्यक्रमले गाउँपालिका भित्रका साना ठुला बाटोहरु पिसिसिदेखि अन्य योजना निर्माण भएको स्थानीय धनरुपा बुढाले बताइन् । उनले भनिन् जसले गर्दा आवतजावतमा सहज भएको छ ।

कनकासुन्दरी गाउँपालिका रोजगार संयोजक हंशराज न्यौपानेका अनुसार जहाँ स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकार नपुगेको ठाउँमा पनि कनकासुन्दरीका गाउँवस्ती टोलमा रोजगार कार्यक्रम पुगेको छ ।
उनले भने, व्यरोजगार युवालाई रोजगार दिदै मुख्यमन्त्री र प्रधानमन्त्री रोजगार कार्यक्रमले कनकासुन्दरीमा भौतिक विकास निर्माण भएको छ ।
सिम्पाटा बाटो निर्माण आलाघट्टदेखि ड्वाल्या कुलाको बाँधसम्म बाटो निर्माण, आलाघट्टदेखि चौतारा हुँदै देहारपाटासम्म पिसिसि बाटो निर्माण, दाँतेओखर चाम्ड्खालदेखि गोरुचौरसम्म पिसिसि बाटो निर्माण भएको संयोजक न्यौपानले बताए ।
यस्तै ओखरपाटामा पिसिसि बाटो निर्माण, घट्टेखोलादेखि जिगंले काँधसम्म घोरेटो बाटो निर्माण, मर्फान गाउँ बाटो, लाहार्ज गाउँमा मन्दिर निर्माण, तल्लो रानीसैनमा कालिका मन्दिर निर्माण, बडुवालबाडा तटबन्ध निर्माण र निलग्रा दैतेचौर तटबन्धन निर्माण जस्ता विकास निर्माणका काम भएका छन् ।



