पहिरो पन्छाएपछि खुल्यो कर्णाली राजमार्ग

जुम्ला । अविरल वर्षापछि आएको पहिरो अबरुद्ध कर्णाली राजमार्ग खुलेको छ । गएरातीदेखी भएको अविरल वर्षापछि आएको ठुलो ढुंगा सहितको पहिरोले अबरुद्ध भएको कर्णाली राजमार्ग खुलेको हो ।

कालीकोटको शुभकालिका गाउँपालिका –१ गगनलेखोलामा आएको ठुलो ढुंगा सहितको पहिरोले अबरुद्ध भएको सडक विहान ६ बजेदेखीनै पहिरो पन्छाउन सुरु गरेपछि खुलेको सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीर बहादुर जीटिले बताए।

उनका अनुसार कर्णाली राजमार्गको कालिकोट–जुम्ला सडक खण्ड अन्तर्गतको गगनेखोला र कालेखोला आएको पहिरो पन्छाइएको छ । साना गाडी सबै सहजै रुपमा पास भएपनि गगनेखोलामा ठुला दश चक्के मालवहाक सवारीलाई भने पास हुन समस्या देखिएको छ ।

ठुला सवारी पास हुन नसकेको खण्डमा ब्रेकर लगाएर ढुंगा फुटाउने तयारी गरेको सडक डिभिजन जुम्लाले जनाएको छ ।
वर्षात समयमा पटक पटक पहिरो आउने र सडक अबरुद्ध हुने भएकोले सडक डिभिजनको सूचना र सडकको अबस्था बुझेर मात्रै यात्रा गर्न समेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस