जुम्लामा तीन वर्षमा ९१ सवारी दुर्घटना,२८ जनाको मृत्यु

जुम्ला । जुम्लामा तीन वर्षमा सवारी दुर्टनाका कारण २८ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८÷०८९ देखि २०८०÷०८१ सम्म सवारी दुर्घटनामा परी तीन वर्षमा २८ जनाले ज्यान गुमाएका हुन् । जिल्ला ट्राफिक कार्यालय जुम्लाका अनुसार तीन वर्षको अवधिमा ९१ वटा सवारी दुर्घटना भएका थिए । दुघर्टनामा ज्यान गुमाउनेमा पुरूषको संख्या बढी छ । मृत्यु हुनेमा २४ पुरूष,३ जना पुरूष र १ जना बालक रहेका छन् ।

कायर्यालयको त्रिवर्षीय सवारी दुर्घटनाको तथ्यांकअनुसार २०७८÷०८९ मा ३१ वटा २००८९÷०८० मा २५ र २०८०÷०८१ मा सबैभन्दा धेरै ३५ वटा सवारी दुर्घटना भएका थिए ।

यस्तै तीन वर्षमा ६ वटा ट्रक,४ वटा बस,१६ वटा जीप÷कार र १५ वटा ट्याक्टर दुर्घटनामा परेका छन् । यसैगरी,सबैभन्दा धेरै ३१ वटा मोटरसाइकल र १८ वटा अटो दुर्घटनामा परेका हुन् । यो अवधिमा ४३ जना गम्भीर घाइते र १२७ जना सामान्य घाइते भएको तथ्यांकमा उल्लेख छ । सवारी दुर्घटनामै परेर दुई वटा चौपायाका समेत मृत्युु भएको छ ।

जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख प्रहरी सहायक निरीक्षक केशवसिंह धामीले जुम्लामा तीव्र गतिका कारण दुर्घटना हुने गरेको बताए । उनका अनुसार दुर्घटना न्युनिकरणका लागि कार्यालयले सचेतनामुलक कायर्यक्रम गर्दै आएको छ। सवारी चेकजाँचमा समेत कडाई गरिएको धामीको भनाइ छ । जुम्लामा पाँच वटा ट्राफिक पोष्ट छन् ।

पातारासीको उर्थुमा एकजना,तिलाको रारालिहीमा दुईजना तातोपानीको तिलाकोटमा एक जना,हिमाको बड्कीमा एकजना र कनकासुन्दरीको गुठीज्युलामा एकजना जनशक्ति कार्यरत छन् ।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस