जुम्ला – सिंजा गाउँपालिका १२ गाउँबस्तीमा स्तनपान अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । सिंजाका ६ वडाका १२ गाउँबस्तीमा स्तनपान अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
प्लान नेपा, पेस नेपाल, क्याड जुम्ला र एमडिआईको सहकार्यमा सिंजा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा स्तनपान अभिमुखिकरण कार्यक्रम गरिएको संयोजक ललित रोकायाले बताए । उनले भने, अभिमुखिकरण कार्यक्रममा स्तनपान महत्वको विषयमा आमा समुहलाई सिकाईएको छ ।
विशेषगरी आमा समुहलाई विश्व स्तनपान सप्ताह दिवसको अवसरमा स्तनपानको महत्वबारे अभिमुखिकरण गरिएको उनले बताए ।
यो दिवस हरेक वर्ष अगष्ट १–७ तारिखसम्म सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरी मनाइन्छ । स्तनपानको महत्वबारे जानकारी दिन एक सातामा विविध कार्यक्रमको आयोजना सरकारले मनाउने गरेको छ ।
स्तनपानका लागि सुरक्षित वातावरण निर्माण गर्ने र स्तनपानलाई शिशुको सबैभन्दा पुरानो र पहिलो खोप समेत भन्ने गरिन्छ । दूधमा रोग निरोधक तत्व हुन्छ जसले नवजात शिशुको रोगसँग लड्न सक्ने क्षमता विकास गर्न मद्दत गर्दछ ।
शिशुलाई ६ महिनासम्म स्तनपान मात्र गराउनु पर्दछ । ६ महिनादेखि दुई वर्षसम्म आमाको दुध सँगसँगै अरु पोषणयूक्त खाना पनि खुवाउनु पर्दछ । स्तनपानले शिशु र आमा दुवैको स्वास्थ्यमा फाइदा पुग्ने गर्दछ । शिशुको वृद्धि, विकास र रोग प्रतिरोधात्मक क्षमताको विकासका लागि स्तनपान महत्वपूर्ण हुने गरेको संयोजक रोकायाले बताए ।
सिंजाका १२ गाउँबस्तीमा स्तनपान अभिमुखिकरण
प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस