चन्दननाथ–२ मा भेटिएको शंकास्पद वस्तु ‘खाली कुकर’ रहेको पृष्टी

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका –२ मा भेटिएको शंकास्पद वस्तु बम नभई ‘खाली कुकर’ रहेको पृष्टी भएको छ । विहिबार चन्दननाथ २ मा भेटिएको रातो टेपले बेरिएको शंकास्पद वस्तु बम नभई खाली कुकर मात्रै रहेको पृष्टी भएको हो ।

शुक्रबार नेपाली सेनाले आफ्नो प्रक्रिया पुरा गरी डिस्पोज गर्न खोज्दा कुनै बम नभएर खाली कुकर मात्रै भेटिएको प्रहरी नायब उपरिक्षक डिएसपी छेदिलाल कामतीले बताए ।

उनका अनुसार शुक्रबार विहानै नेपाली सेनाले उक्त शंकास्पद वस्तुको डिस्पोज गरेको हो । रातो टेपले बेरिएको अबस्थामा भेटिएकोले बम हुन सक्ने आशंकामा हिजोदेखी उक्त क्षेत्रमा आवतजावतनै बन्द गरिएको थियो ।

प्रकाशित मिति : २०८१ साउन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस