पहिराेले कर्णाली राजमार्ग अबरुद्द

जुम्ला । सुर्खेत-जुम्ला जाेड्ने कर्णाली राजमार्ग अबरुद्द भएकाे छ । आईतबार विहानैदेखी भएकाे अविरल वर्षापछि आएकाे पहिराे कर्णाली राजमार्ग अबरुद्द भएकाे हाे ।

कर्णाली राजमार्गकाे कालिकाेट-जुम्ला खण्डकाे कालिकोट स्थित एस मोड र गगनेखोलामा आएकाे पहिरोले सडक अवरुद्ध भएको सडक डिभिजन जुम्लाले जानकारी दिएकाे छ ।
वर्षा जारी रहेकाेले ठाउँ ठाउँमा पहिराे जाने क्रम जारी रहेकाे हुँदा यात्रामा सजकता अपनाउन समेत आग्रह गरिएकाे छ । थासै सडककाे अबस्था बुझेर मात्र यात्रा गर्न सडक डिभिजन जुम्लाले अपिल गरेकाे छ ।

पहिराे पन्छाउन सडक डिभिदनकाे मेसिन र जनशक्ति खटिएकाे छ । यदपी,वर्षा जारी रहेकाेले पहिराे पन्छाउन समस्या भएकाे छ ।

विहान अबरुद्द भएकाे सडक केही घण्टामै खुलेकाे थियाे

प्रकाशित मिति : २०८१ साउन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस