जुम्ला । जुम्लाकाे सिंजा गाउँपालिकाकाे केन्द्र नराकाेट बजारमा जात्रा लगाईने भएकाे छ । आगामी भदाै ७ देखी ११ गते सम्म नराकाेट बजारमा पहिलाे पटक जात्रा लगाईने भएकाे हाे ।
संस्कृतिकाे संरक्षण र जिल्लाबासीलाई मनाेरञ्जन दिने उदेश्यले कृष्णाजन्माअष्टिकाे अबसरमा जात्रा लगाईने छ ।
मंगलबार जात्रा समितिले पत्रकार सम्मेलन मार्फत भदाै ७ गते जात्राकाे ओैपचारिक उद्घाटन हुने बताईएकाे छ ।
भदाै ७ गते देखि ११ गते सम्म लाग्ने जात्रामा जिल्लाबासी सबैलाई सहभागिताका लागि अनुराेध गरिएकाे छ ।

पत्रकार सम्मेलनमा सप्पा सिंजा नराकाेट बजार व्यवस्थापन समितिका अध्यक्ष तथा जात्रा व्यवस्थापन समितिका अध्यक्ष विजयराम रानाले जात्रा संगै स्थानीय संस्कृतिहरु पनि प्रर्दशन गरिने बताए । पहिलाे पटक लाग्ने जात्रामा जिल्लाबासीलाई अनिवार्य सहभागिताका लागि अनुराेध गरिएकाे छ ।
सिंजा गाउँपालिकाका निर्वतमान अध्यक्ष देवलसिंह रावलले नराकाेटमा पहिलाे पटक संचालन हुने जात्रालाई भव्य र सभ्य रुपमा सम्पन्न गराउन सबैलाई सहयाेग गरिदिन समेत अनुराेध गरे ।
जात्रा संचालनका लागि सिंजा गाउँपालिकाले २ लाख सहयाेग गरेकाे छ । भने,बजार व्यवस्थापन समिति मार्फत १ लाख उठेकाे छ । साथै अन्य व्यवसायीहरु बाट समेत रकम संकलन थालिएकाे छ ।



