जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा -५ मा १० वर्षीया बालिका माथि जबर्जस्ती करणी भएपछि मुद्दा दर्ता भएको छ। शुक्रबार आफन्तले करणी गर्ने विरुद्द मुद्दा दर्ता गरेका हुन् ।
बालिकाका आफन्तले सोही गाउँका ४५ वर्षीया बलबिरे सार्कीले करणी गरेपछि जिल्ला प्रहरी कार्यालयमा मद्दा दर्ता गराएका छन् ।
बालिकालाई पटकपटक जबर्जस्ती करणी गरेको भनी आफन्तले जाहेरी दिएपछि मुद्दा दर्ता भएको डिएसपी छेदीलाल कामतीले बताए।
उनले भने, ‘बालिकाले महिला प्रहरीसमक्ष दिएको बयान अनुसार करणी भएको भन्ने छ। थप अनुसन्धान गरेपछि घटनाको सबै विवरण खुल्नेछ।’
मुद्दा शाखाका अनुसार दर्ता नं १६ मा उजबर्जस्ती करणी गर्ने विरुद्द मुद्दा दर्ता भएकाे छ ।
जाहेरीमा बालिकाले आफूलाई कहिले चाउचाउ बिस्कुट दिएर फकाउँदै त कहिले धम्काएर पटकपटक जबर्जस्ती करणी गरेको बताएकी छन्।
बालिकाका आफन्तहरुका अनुसार आरोपी पुरुषले धम्काएका कारण घटना गुपचुप थियोे। साउन २५ गते निजले गाउँ नजिकै फेरि जबर्जस्ती करणी गर्न खोज्दा घटना बाहिरिएको छ।
बालिकाका आफन्तले भने, ‘त्यसपछि गोठीजिउला प्रहरी चौकी हुँदै जिल्ला प्रहरी कार्यालयसम्म न्याय माग्न आएका छौं।’
प्रहरीले मुद्दा दर्ता गरेपछि बालिकाको नाम परिवर्तन गरि स्वास्थ्य परिक्षण तथा आवश्यक प्रक्रिया पूरा गरेको डीएसपी कामतीले बताए।
उनले भने, ‘आरोपीको हुलिया र फोटो सबैतिर पठाइ खोजी कार्य सुरु गरिएको छ।’



