कनकासुन्दरी -५ जुम्लाकाे पाँचौँ बालविवाह मुक्त वडा घाेषणा

जुम्ला । कनकासुन्दरी गाउँपालिका वडा नं ५ लाई बालविवाह मुक्त घाेषणा गरिएकाे छ । शनिबार एक कार्यक्रमका बीच उक्त वडालाई बालविवाह मुक्त वडा घाेषणा गरिएकाे हाे ।

कनकासुन्दरी-५ बालविवाह मुक्त घाेषणा हुने जुम्लाकाे पाँचौँ वडा हाे । यसअघि पातारासी-४, तिला-६, गुठीचौर – ४ र हिमा-१ बालविवाह मुक्त वडा घाेषणा भइसकेका छन् ।बिहेवारी २० वर्ष पारी, हामी सबैकाे ऐेक्यबद्वता, बालविवाह मुक्त कनकासुन्दरी गाउँपालिकाकाे प्रतिबद्धता´भन्ने नाराका साथ वडालाई बालविवाहमुक्त घाेषणा गरिएकाे छ ।

नेपाललाई सन् २०३० सम्म बाल विवाह मुक्त राष्ट घाेषणा गर्ने लक्ष्य छ । साेही अन्तर्गत गैरसरकारी संस्थाहरुकाे सहयाेग समन्वयमा पालिकाहरुले बालविवाहमुक्त वडा घाेषणा गरिरहेका छन्।

वडाकाे बालविवाह सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै कनकासुन्दरी – ५ वडा सचिव हिमाली भण्डारीले वडाले बालविवाह मुक्त सम्बन्धि १५ वटा सुचक पुरा गरेकाेले घाेषणा गरिएकाे बताइन् । उनका अनुसार वडा नम्बर ५ मा १३ सय ९० जनसंख्या रहेकाे छ ।

वडा नम्बर ५ मा पाँच वटा बस्ती रहेका छन् । वडाभित्र सबै सूचक पूरा भएकाे र बालविवाह शन्यमा भएकाे एकिन भएपछि घाेषणा गरिएकाे हाे ।गाउँपालिकाका अध्यक्ष दामाेदर आर्चायले वडा हुँदै कनकासुन्दरी गाउँपालिका नै बालविवाह मुक्त गर्ने नीति लिइएकाे बताए ।

दलित तथा विपन्न समुदायमा बालबिवाह बढ्दाे अबस्थामा रहेकाेले लक्षित समुदाय पहिचान गरि उनिहरुलाई उत्पादन संग जाेड्ने खालका कार्यक्रम ल्याईने उल्लेख गरे । साथै पालिकाले जनचेतनामुलक कार्यक्रम पनि जाेड दिने छ ।

वडाअध्यक्ष विष्णुबहादुर बडुवालले पालिकाकै पहिलाे वडाकाे रूपमा बालविवाह मुक्त हुनु नमुना याेग्य कार्य भएकाे बताए । उनका अनुसार आगामी दिनमा घाेषणालाई पूर्णरूपमा कार्यान्वयन गरिनेछ । उनले वडामा अबदेखि बालविवाह हुनै नदिने प्रतिबद्धता व्यक्त गरे ।

कनकासुन्दरी गाउँपालिका – ५ वडापालिकाकाे आयाेजना रआत्मसम्मानका लागि सहकार्य, प्लान नेपाल,पेस नेपाल बालविवाह विरूद्व साझा अभियान सञ्जाल, आईएनएफ, जुम्लाकाे सहयाेग समन्वयमा वालविवाह मुक्त वडा घाेषणा गरिएकाे हाे ।ओेैपचारिक रुपमा वडा बालविवाह मुक्त घाेषणा भएपनि कार्यान्वयनमा भने चुनाैती देखिएकाे छ ।

प्रकाशित मिति : २०८१ भाद्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस