जुम्ला । चन्दननाथ नगरपालिकाका नगर प्रहरी दिक्षित गरिएकाे छ । एक महिने आधारभूत तालिम सकेर कार्यक्षेत्र प्रवेश गरेका नगर प्रहरीलाई दिक्षित गरिएकाे हाे ।
मंगलबार एक विशेष समाराेहका बीच एक महिने आधारभूत तालिम सकेका नगर प्रहरीलाई दिक्षित गरिएकाे छ । नगर प्रहरीलाई शसस्त्र प्रहरी बल,नेपाल नम्बर ३३ गण हेडक्वाटर जुम्लाले भर्ना छनाेट देखि आधारभू तालिम दिएकाे थियाे ।
चन्दननाथ नगरपालिले नगरकाे शान्ति सुरक्षा मजबुद बनाउनका लागि असही जंग बहाद बुढा सहित जवान १३ जना गरि १४ जना नगर प्रहरी भर्ना गरेकाे थियाे । जसमा चार जना महिला रहेका छन् । भनेे १० जना पुरुष रहेका छन् । दिक्षित भएसंगै नगर प्रहरीले कार्यक्षेत्र समेत प्रवेश गरेका छन् ।

एक महिने आधारभूत तालिम सकेपछि मंगलबार प्रमाण पत्र सहित दिक्षित गरेकाे हाे । दिक्षित नगर प्रहरीलाई चन्दननाथका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्याैपानेले सपथ ग्रहण गराए । नगरकाे शान्ति व्यवस्था,नागरिककाे सुरक्षाका लागि ईमान्दारिका साथ कर्यव्य पालाना गर्ने प्रतिवद्दता रहेकाे भन्दै पूरा गर्ने सपथ खाएका छन्।
दिक्षित नगर प्रहरीलाई चन्दननाथका उपमेयर रामदेवी खड्का,प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले दर्जानी चिन्ह प्रदान गरे । साथै एक महिनाकाे तालिम पछि दिक्षित नगर प्रहरीलाई प्रमाणपत्र समेत हस्तान्तरण गरिएकाे छ ।
चन्दननाथ नगरपालिकाका कार्यवाहक मेयर रामदेवी खड्काले नगर प्रहरीकाे अभावले भाेग्दै आएका विभिन्न समस्याहरु हल हुन नसकेकाे बताईन् ।

उनले भनिन,’नगर प्रहरी बनेकाे नगरकाे शान्ति सुरक्षाकाे कडि हाे।हामी विपद व्यवस्थापन,बजार व्यवस्थापन पनि उचित रुपमा गर्न सकेका छैनाै । नीति र कर्यव्यभित्र रहेर काम गर्ने अपेक्षा छ ।’
नगरपालिकालाई शान्ति सुरक्षा मजबुद बनाउन नगर प्रहरीकाे उल्लेखीय भुमिका रहने उनकाे भनाई छ ।

प्रमुख जिल्लाअधिकारी जयकुमार घिमिरेले स्थानीय सरकारलाई प्राप्त अधिकार अन्तर्गत चन्दननाथले नगरकाे शान्ति सुरक्षाका लागि नगर प्रहरी गरेर उल्लेखीय काम गरेकाे बताए।
विपद व्यवस्था,शान्ति सुरक्षा र अपराध न्युनिकरणका लागि सिकेका कुराहरु व्यवहारमा कार्यान्वयन गर्नजरुरी रहेकाे उनकाे भनाई छ ।

शसस्त्र प्रहरी वलका एसपी लाल बहादुर शाहीले तालिम भनेकाे सीप सिक्नु मात्र नभई जिम्मेवार र कर्तव्य पालन गर्नु भएकाे बताए । एक महिनाकाे कठिन तालिममा सिकेका कुरा कूशलता पुर्वक कार्यान्वयन गर्ने एसपी शाहीले विश्वास व्यक्त गरे ।
तालिममा सिकेका सीप र ज्ञान ईमान्दार रुपमा कार्यक्षेत्रमा पर्ने प्रयाेग गरेर नगरकाे महार फेर्नेमा जाेड दिए । तालिम अवधिमा दंगा व्यवस्थापन,अतिथी सुरक्षा,बजार व्यवस्थापन,विपद व्यवस्थापन लगायतका विषयमा सिकाईएकाे छ ।
सम्पूर्ण तस्बिर: दशरथ चनारा/ कर्णाली मिसन ।



