हुम्ला जीप दुर्घटनाका घाइते मध्य उपचारका क्रममा एक जनाको मृत्यु

जुम्ला । हुम्लाको चङ्खेलीमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ।

बुधबार हुम्लामा जीप दुर्घटना भएकाे थियाे ।
घाईतेकाे उपचारका लागि हुम्लाबाट सुर्खेत अस्पतालमा  हेलिकप्टर मार्फत उद्दार गरिएकाे थियाे 

मुगुको छायाँनाथरारा नगरपालिका–१३ निवासी २५ वर्षीय मल्लको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए।

बुधबार बिहान चङ्खेली गाउँपालिका–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जीप मुगु खण्डको गौरीसल्लामा दुर्घटना भएको थियो।

दुर्घटनामा परी घाईते भएका तीन जनाकाे उपचार जारी छ ।

प्रकाशित मिति : २०८१ भाद्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस