जुम्ला । पातारासी गाउँपालिका वडा नं. ४ लुमस्थित जवा नदीको काठेपूलबाट मोटरसाईकल खस्दा चालक बेपत्ता भएका छन् । मोटरसाईकल चालक पातारासी गाउँपालिका वडा नं. ७ रिनी निवासी २८ वर्षीय हरिकृष्ण बुढा जवा नदीमा बेपत्ता भएका हुन् ।
बुधबार विहान ८ बजे लासी बजारबाट तल्फी जाने क्रममा लुमको काठेपूलबाट क १ प १८२० नम्बरको मोटरसाईकल जवा नदीमा खसेको थियो । मोटरसाईकलमा सवार यात्रु पातारासी गाउँपालिका ७ रिनीका का २७ वर्षीय जय बहादुर खड्काको भने उद्दार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उमेश चन्दले कर्णाली मिसनलाई जानकारी दिए ।
उनका अनुसार बेत्तपा चालकको खोजी कार्य जारी रहेको छ । भने, यात्रु खड्कको सकुशल उद्दार गरिएको छ ।
स्थानीय जगत शाहीले पातारासीको हिमालय संस्थामा कार्यरत हरिकृष्ण बुढा पूल क्रस गर्दै गर्दा खोलाले पुल माथि बगाएर ल्याएको ढुंगामा बाईक चढाउँदा चढाउदै बाईक नदीमा खसेको र बाईक संगै दुबै जना बगेपनि केहि मिटर तलबाट जय बहादुर खड्का उत्रिन सफल भएको बताए ।
तर हरि कृष्णबुढा भने बेपत्ता रहेको उनको भनाई छ । वर्खाको समयमा प्राय खोला ढुंगा बगाएर ल्याउने यात्रा असहज हुने भएकोले सुधार गर्नतर्फ सरोकारवालाले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।