जुम्ला । अखिल नेपाल महिला संघ जिल्ला कमिटी जुम्लाकाे नयाँ पदाधिकारी चयन गरिएकाे छ । बुधबार जुम्लाम आयाेजित नवाैँ जिल्ला सम्मेलनबाट (अनेमसंघ) काे नयाँ पदाधिकारी चयन गरिएकाे हाे ।
उद्घाटनपछि भएकाे बन्द सत्रबाट अखिल नेपाल महिला संघ जिल्ला कमिटी जुम्लाको अध्यक्षमा भागरथी शाही चयन भएकी छन् । उनलाई नवौ जिल्ला संम्मेलनले सहमतिकाे आधारमा अध्यक्ष चुनेकाे हाे ।
अनेमसंघकाे उपाध्यक्षमा कविता बुढा,उपाध्यक्षमा मनशाेभा कामी चयन भएकी छन् । भने सचिवमा सिर्जना शाही,सह सचिव जयदेवी बुढा र काेषाध्यक्षमा बसन्ती शाही चयन भएकी छन् । नयाँ पदाधिकारीहरु बुधवार रातीनै सपथ लिईसकेका छन्।
नयाँ पदाधिकारीय चयन संगै अनेमसंघकाे नवाैँ जिल्ला सम्मेलन बुधवार रातीनै सम्पन्न भएकाे छ ।
प्रकाशित मिति : २०८१ भाद्र १३ गते बिहिवार



