कनकासुन्दरी–१ गाग्रे गाडा खोलाको पानी थुनिएर ताल बन्यो, सर्तक रहन आग्रह

जुम्ला । कनकासुन्दरी गाउँपालिका वडा नं. १ स्थित गाग्रे गाडा खोलाको पानी थुनिएर ताल बनेको छ । गाग्रे गाडा खोलामा खाली लेकबाट आउने पानी थुनिएर ताल बनेको कनकासुन्दरी गाउँपालिका वडा नं. १ का अध्यक्ष भिम भण्डारीले बताए ।

उनका अनुसार खाली लेकबाट गाग्रे गाडा खोलामा ढुंगा माटो,काठका मुढा बगाएर ल्याएर खोलानै बन्द भएर ताल परेर आवत जावतमानै समस्या भएको छ । वडाध्यक्ष भण्डारीले खोला किनारमा बसोबास गर्ने स्थानीयतहलाई सर्तक रहन समेत आग्रह गरेका छन् ।

वडाध्यक्ष भीम भण्डारीले सामाजिक संजाल फेशबुकमा लेखेका छन्,‘कनकासुन्दरी गाउँपालिका वडा नं १ को गाग्रे गाडा भन्ने खोलामा खाली लेखबाट आउने खोलाले ढुङ्गा मुडा बगाएर ल्याई नदि बन्द भै ताल परेको हुदा आवत जावतमा समस्या भएको छ । साथै खोला किनार बस्ने जो सुकै भए पनि होसियार रहनु होला । जति बेला पनि खुल्न सक्छ ।’

झोलुङ्गे पुल निर्माणका लागि जम्मा गरिएको ढुङ्गा गिट्टी र बालुवा पनि बगाएर आएको बाढीनै थुनिएर ताल परेकोले सजकता अपनाउन अनुरोध गरिएको छ । उनले थपे,‘शनिवार वडा र प्रहरी चौकी चौथाको अनुगमन बाट जानकारी प्राप्त हुनेछ । कोहि पनि न आतिनु होला छिट्टै आवत जावतमा सहज हुने बाताबरण सृजना गर्नेछौ ।’

प्रकाशित मिति : २०८१ भाद्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस