जुम्ला । चार दिन देखी अबरुद्ध कर्णाली राजमार्ग तत्काल खुलाउन जुम्लाका नागरिक अगुवाहरुले प्रधानमन्त्रीलाई ध्यानर्कषण पत्र बुझाइएको छ । गत भदौ १२ गतेदेखी पूर्ण रुपमा अबरुद्ध भएको कर्णाली राजमार्ग अझै खुलेको छैन् । दर्जनौ स्याउका ट्रक बीच बाटोमै अलपत्र परेका छन् । करोडौको स्याउ कुहिएर खेर जाने खतरा बढेको छ ।
जिल्लामा निर्यात हुने दैनिक उपभोग्य वस्तु पनि रोकिएको छ । यी विभित समस्यालाई मध्यनजर गर्दै गाउँपालिका राष्ट्यि महाँसघका केन्द्रिय उपाध्यक्ष लक्ष्मण बहादुर शाहीको अगुवाइमा शनिवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री छिटो भन्दा छिटो सडक खुलाउन ध्यानर्कषण पत्र बुझाइएको हो ।
ध्यानर्कषण पत्रमा भनिएको छ,‘भदौ १२ गतेबाट अबरुद्ध सडक अझै खुलेको छैन् । राजमार्ग बन्द हुदा जुम्लाबाट निर्यात गर्ने रचाड दर्जनों एक बाटोमा अलपत्र, खाद्यान्न सामग्रीको मालवाहक सवारी अलपत्र, छन् । यात्रुले सास्ती भोगेका छन् । राज्यले ध्यान नदिए जुम्लाको करोडो को स्याड कुहिने डर छ । त्यसैले अबरुद्ध खुलाउनका साथै राजगर्माको स्तरोन्नतीका लागि विशेष बजेट विनियोजन गरिदिन समेत समेत जोडदार माग गर्दछौ ।’
पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाही,नागरिक अगुवा राज बहादुर महत लगायत नागरिक अगुवाले तत्काल सडक खुलाउन राज्यको ध्यानर्कषण गराएका छन् ।



