जुम्ला । तातोपानी गाउँपालिका वडा नं. ४ स्थित लामा चौर पाटनमा चट्याङ पर्दा १५ वटा भेडा परेका छन् । लामाचौर पाटनमा हिडाउदै गरेको अबस्थामा शनिवार दिउँसो भेडाको बथानमा एक्कासी चट्याङ पर्दा १५ वटा भेडा मरेका हुन् ।
साढे ५ बजे सम्मको प्रारम्भीक जानकारीनुसार चट्याङले तातोपानी ४ का किसानका १५ वटा भेडा परेको तातोपानी गाउँपालिका वडा नं. ४ का अध्यक्ष अमर बहादुर रोकायाले बताए ।
खाली पाटनबाट फूलचौल्या तर्फ ल्याउँदै गरेको अबस्थामा दिउँसो करिब ३ बजेर ४७ मिनेटमा लामाचौर पाटनमा चट्याङ पर्दा गिडिखोला गाउँका भेडापालक किसानका १५ भेडा मरेको वडाध्यक्ष रोकायाले कर्णाली मिसनलाई जानकारी दिए । उनका अनुसार मानवीय क्षति भएको छैन् ।
यदपी चट्याङले गरेको क्षतिको एकिन विवरण भने आउन बाँकी छ ।
प्रकाशित मिति : २०८१ भाद्र १६ गते शनिवार



