जुम्ला । जुम्लामा पहिलाे पटक आयाेजना भएकाे ‘अन्तर मेडिकल कलेज खेलकूद प्रतियाेगिताकाे उद्घाटन भएकाे छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाकाे आयाेजनामा आजदेखि सुरु भएकाे प्रतियाेगिताकाे आज उद्घाटन भएकाे हाे ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले दिप प्रज्वलन गरि प्रतियाेगिताकाे उद्घाटन गरे ।
प्रतियाेगितामा देशभरका पाँच वटा मेडिकल कलेजले सहभागिता जनाएका छन् । यदपी २७ मेडिकल कलेजलाई निमन्त्रणा पठाईएकाे थियाे ।
प्रतिष्ठान स्थापनकाे डेढ दशककाे एतिहासमा पहिलाे पटक राष्टि्य स्तरकाे अन्तर मेडिकल कलेज स्तरीय खेलकूद प्रतियाेगिता गरेर कर्णाली प्रतिष्ठानले आफ्नाे सामार्थय देशसामु देखाएकाे छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,यहाँकाे कृषि,पर्यटन सम्भावनालाई देशमा चिनाउन उदेश्यले खेलकूद प्रतियाेगितासण गर्न लागिएकाे प्रतिष्ठानका खेलकूद समितिका संयाेजक डाक्टर विवेक पूनले जानकारी दिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै खेलकूद समितिका संयाेजक रहेका डाक्टर पुनले कर्णाली प्रतिष्ठानले पहिलाे पटक आयाेजना गरेकाे देशव्यापी खेलकूद प्रतियाेगितामा सहभागी कलेजलाई धन्यबाद सहित स्वागत गरे ।
नेपालमा हरेका सम्पूर्ण मेडिकल कलेज तथा कलेजमा अध्यायनरत विद्यार्थीहरु विच सामीप्यता बढाउने साथै यस कार्यक्रमको माध्यामबाट कर्णाली चिनाउने उदेश्य राखिएकाे उनकाे भनाई छ।
सहभागी मेडिकल कलेजहरुकाे तर्फबाट बाेल्दै महेश प्रदेशका प्रतिनिधिले दुर्गम जुम्लामा मेडिल कलेज स्थापना संगै डाक्टर उत्पादन गर्नु गाैरबकाे विषय भएकाे बताए । डाक्टर उत्पादन गर्ने मात्र नभई डाक्टरकाे व्यवस्थापन राज्यले गर्नु पर्नेमा जाेड दिए ।
जुम्लाकै छाेरा डाक्टर बनाउन विभिन्न फ्याकल्टिमा जुम्ला काे काेटा छुटाउनु पर्ने उल्लेख । कर्णाली प्रतिष्ठानले एतिहासिक कार्यक्रमकाे आयाेजना गरेर आफ्नाे सामार्थय देखाएकाे उल्लेख गरे
प्रतियाेगितामा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाम, धनुषा,राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम, धनुषा,मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडा, मकवानपुर,किस्ट मेडिकल कलेज, ललितपुर र महाराजगंज चिकित्सा स्याम्पस, चिकित्साशात्र अध्यायन संस्थान, महारजगंज, काठमाण्डौ सहभागी भएका छन् पाँच वटा मेडिकल कलेजका १२० जना विद्यार्थी जुम्ला आउदैँ छन् ।
खेलकुद कार्यक्रममा आठ विद्याका खेलहरु समाहित गरिएका छन् । जसमा महिला पुरुष भलिबल, फुटबल, कुङ्केट, टेवल टेनिस, चेस, दौड, कविता र हाजिरीजवाफ प्रतियोगिता रहेका छन् । जसमा जुम्ला बहुमुखी क्याम्पमा भलिबल,कर्णाली प्राविधिक शिक्षालयमा क्रिकेट,देविदत्त गणकाे प्रांगणमा फूटलब प्रतियाेगिता हुने छ ।
साथै प्रतियाेगितामा प्रथम,द्दित्तिय र तृतिय हुनेलाई क्रमश: नगद एक लाख,७५ हजार र ५० हजार मेडल प्रमाण पत्र प्रदान गरिने छ ।
यदपी हाल सम्म भईरहेका ईन्टर मेडिकल कलेज खेलकूद प्रतियाेगितामा पुरस्कार दिने प्रावधान छैन् । तर धेरै टाढाबाट आएर खेलबाट कर्णाली चिनाउने अभियानलाई सफल बनाउन जुम्ला पुगेका टिम मध्य उत्कष्टलाई प्राेत्साहन स्वरुप नगद सहित पुरस्कार दिने तयारी गरिएकाे प्रतिष्ठानले जनाएकाे छ ।
कर्णालीमा रहेका प्रचुर पर्यटकिय स्थलहरु मध्य उदाहारण स्वरुप आमन्त्रित विद्याचीहरुलाई मुगु जिल्लामा अवस्थित रारा ताल अवलोकन गराउने व्यवस्था समेत गरिएको छ ।
जसले गदां भविष्यमा कणर्णालीको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। आईतबार पहिलाे दिन उद्घाटन खेल प्रतिष्ठानका कर्मचारी र चिकित्सक बीच भईरहेकाे छ । प्रतियाेगिता आगामी भदाै २१ गते सम्म संचालन हुने छ ।