ताम्तीमा आँखा शिविरः १३७ को आँखा जाँच,२७ जनालाई रिफर

जुम्ला । तातोपानी गाउँपालिका स्थित ताम्ती स्वास्थ्य चौकीमा सम्पन्न निःशुल्क आँखा शिविरबाट १३७ जना लाभान्वित भएका छन् । उक्त शिविरबाट दुर्गम भेरीखालाका १३७ जनाको आँखाको जाँच गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र तिलगंगा आँखा अस्पतालको संयुक्त आयोजनामा एकदिने निःशुल्क आँखा शिविरको आयोजना गरिएको थियो ।

तातोपानी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गुरूप्रसाद चौलागाईँले निःशुल्क आँखा शिविरमा जम्मा १३७ जनाले सेवा लिएको बताए । उनका अनुसार आँखा जाँच गराएका मध्य २७ जनाको मोतिविन्दुको शल्यक्रियाका लागि रिफर गरिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यहीँ भाद्र २२ देखि २४ गतेसम्म मोतिविन्दुको शल्यक्रिया शिविर सञ्चालन हुँदैछ । उक्त शिविरमा विश्व प्रसिद्ध नेत्र विशेषज्ञ डाक्टर सन्तुक रूइत आउँदैछन् ।

प्रकाशित मिति : २०८१ भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस