जुम्ला । अन्तर मेडिकल कलेज स्तरीय खेलकुद प्रतियाेगितामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न खेलमा ११ स्वर्ण पदक ल्याएकाे छ । प्रतियाेगिताका विभिन्न विद्यामा प्रतिष्ठानले ११ वटा स्वर्ण पदक जितेकाे हाे । भने ७ विद्यामा कास्य र ३ विद्यामा रजत पदक जित्न सफल भएकाे छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका खेलकुद समितिका सदस्य सचिव निसान्त लामाकाका अनुसार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, मकवानपुरले दुई स्वर्ण,एक कास्य र दुई रजत पदकसहित प्रतियोगितामा दाेस्राे स्थान हासिल गरेकाे हाे । ए स्वर्ण,दुई कास्य र ती रजत पदकसहित किस्ट मेडिकल कलेज, ललितपुर तृतीय स्थान हासिल गरेकाे छ । क्रमश राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम, धनुषाले समान तीन तीन रजत र कास्य पदक जित्दै चाैथाे स्थान हासिल गनर्न सफल भयाे ।
फुटबल प्रतियोगिताकाे उपाधि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, मकवानपुरले जित्याे । उसले किस्ट मेडिकल कलेज, ललितपुरसँग निर्धारित समयमा एकएक बराबरी भएपछि पेनाल्टी सुटआउटमा ५-४ गाेल अन्तरले उपाधि जितेकाे हाे ।
पेलान्टीमा चुक्दा किस्ट मेडिकल कलेज, ललितपुर द्वितीय स्थान मै चित्त बुझाउन बाध्य भयाे । किष्टसँग सेमिफाइनल हारेकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले भने तृतीय स्थान हासिल गरेकाे हाे ।
क्रिकेट प्रतियोगितामा किष्ट मेडिकल कलेज, ललितपुर प्रथम,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला दाेस्राे र
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, मकवानपुर तेस्राे स्थान हासिल गर्न सफल भएका छन् ।
छात्र भलिबलमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रथम भएकाे छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, मकवानपुर दाेस्राे र किस्ट मेडिकल कलेज, ललितपुर तेस्राे भएका हुन् ।
छात्रा भलिबल प्रतियोगितामा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रथम भएकाे छ । राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम, धनुषा दाेस्राे भएकाे छ ।
छात्र टेबल टेनिसमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, मकवानपुर प्रथम,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला दाेस्राे र महाराजगंज चिकित्सा क्याम्पस, चिकित्साशात्र अध्यायन संस्थान, महारजगंज, काठमाण्डौं तेस्राे भएका छन् ।
छात्र टेबल टेनिसमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रथम र दाेस्राे स्थान हासिल गरेकाे छ भने तेस्रो स्थान राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम, धनुषा भएकाे छ ।
चेसमा प्रथम र दाेस्राे स्थान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले हासिल गरेकाे छ भने किस्ट मेडिकल कलेज, ललितपुर तेस्राे भएकाे छ ।
कविता प्रतियोगितामा भने चिकित्साशात्र अध्यायन संस्थान, महारजगंज, काठमाण्डौं प्रथम भएकाे छ । दाेस्राे र तेस्राे स्थान भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले हासिल गरेकाे छ ।
हाजिरी जवाफ प्रतियोगितामा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रथम भएकाे छ । चिकित्साशात्र अध्यायन संस्थान, महारजगंज, काठमाण्डौं दाेस्राे र किस्ट मेडिकल कलेज, ललितपुर तेस्राे भएकाे छ ।
छात्रतर्फ एक सय मिटर दाैडमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पहिलाे र द्वितीय स्थान हासिल गरेकाे छ भने राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम, धनुषा तेस्राे भएकाे छ ।
छात्रातर्फ एक सय मिटर दाैडमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पहिलाे र तृतीय स्थान हासिल गरेकाे छ भने राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम, धनुषाले द्वितीय स्थान हासिल गरेकाे छ ।
छात्रा १५ सय दाैडमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पहिलाे र द्वितीय स्थान हासिल गरेकाे छ भने राजर्षिजनकले तेस्राे स्थान हासिल गरेकाे हाे ।
छात्र ५ हजार मीटर दाैडमा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रथम भएकाे छ । चिकित्साशात्र अध्यायन संस्थान, महारजगंज, काठमाण्डौं दाेस्राे भएकाे हाे । राजर्षिजनकले तेस्राे स्थान हासिल गरेकाे हाे ।
छात्रतर्फ १×४ सय मीटर दाैडमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रथम,किस्ट मेडिकल कलेज, ललितपुर दाेस्राे र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, मकवानपुर तेस्राे हुन सफल भए ।
छात्रातर्फ १×४ सय मीटर दाैडमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रथम र राजर्षिजनकले दाेस्राे भएका हुन् ।
प्रतियोगितामा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाम, धनुषा,राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम, धनुषा ,मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, मकवानपुर सहभागी भएका थिए ।
प्रतियोगिता तीन स्थानमा सञ्चालन गरिनेछ । कर्णाली प्राविधिक शिक्षालय,जुम्ला बहुमुखी क्याम्पस र नेपाली सेनाकाे खेल मैदानमा भएका थिए ।