जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै नेत्र रोग विभाग आँखा अस्पताल संचालनमा ल्याएको छ । प्रतिष्ठान स्थापना भएको डेढ दशकपछि जुम्लामै ‘नेत्र रोग विभाग’ आँखा अस्पताल संचालनमा आएको हो । आईतबार विश्व प्रसिद्ध डाक्टर सन्दुक रुईतले प्रतिष्ठानमा स्थापना भएको नेत्र रोग विभागको औपचारिक उद्घाटन गरेसंगै जुम्लामा आँखा अस्पताल संचालनमा आएको हो ।
सुरुमा आँखा अस्पतालमा हातद्वारा गरिने शल्यक्रिया सुरु गरिने भएको छ । भने छिटै फेको प्रविधिबाट शल्यक्रिया गर्ने तयारी भईरहेको छ । आँखाको एउटा सामान्य विभाग सशक्त अस्पतालमा परिणत हुनुले कर्णालीबासी उत्साहित भएका छन् ।
दुर्गम कर्णालीमा पुगेर सेवा गर्न पाउँदा डाक्टर रुईत पनि खुसी भएका छन् । आँखा अस्पताल संचालन संगै डाक्टर रुईतले आफ्नै उपस्थितीमा एकसयबढीको मोतिबिन्दुको शल्यक्रिया गर्ने छन् । जस अन्तरगर्त पहिलो दिन शनिवार मात्रै जुम्लाका ४० जना सर्वधारणको मोतिबिन्दु सल्यक्रिया गरिएको छ ।
दुर्गम कर्णालीमा स्थापना भएको कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानले एकपछि अर्को सेवा विस्तार गर्दै जाँदा कुनै बेला उपचार नपाएर अकालमै मृत्युबरण गर्ने कर्णालीबासी अहिले गुणस्तरीय एवम् विशषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुगेका छन् ।
लामो समयदेखि निरन्तर प्रयास हुँदा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आँखा उपचारको बन्दोबस्त मिलाउन सकेको थिएन। आँखाका डाक्टर उपलब्ध नहुनु प्रमुख समस्या थियोे भने राम्रा उपकरण नहुनु अर्को समस्या थियोे । भने उपकरण नहुँदा आँखाको सामान्य चेक जाँच बाहेक धेरै हुन सकेको थिएन् ।
तर प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावल,रजिष्टार नृपेन्द्र महतको लगायतका पदाधिकारीको पहल तथा तिल गंगा आँखा अस्पतालको सहकार्यमा वर्षौपछि डेढ करोेडका उपकरण सहित जुम्लामै आँखा अस्पताल संचालन हुन सफल भएको प्रतिष्ठानका आँखा विभाग प्रमुख विश्वराज तिमिल्सीनाले बताए ।
उनका अनुसार डेढ करोड बढीको उपकरण ल्याएसंगै आँखा अस्पताल संचालनमा आएको हो । अब आँखाको उपचारको लागि लाखौ खर्च गरेर काठमान्डौ जाने खर्चबाट सर्वसाधारणले मुक्ती पाउने घर आँगनमै उपचार पाउने छन् ।
प्रतिष्ठानको आफ्नै आँखा अस्पताल संचालनले प्रतिष्ठानको सेवा प्रवाहको विश्वसनयितामा एक ईट्टा थपिएको छ । जुम्लाका एकसय बढी नागरिकको मोति विन्दुको शल्यक्रिया गर्न आँखाका विश्व प्रसिद्ध प्राध्यापक डा. सन्दुक रुइत जुम्ला आईपुगेका छन् ।
डाक्टर रुईतले जुम्लामै आँखाको उपचार सुरु हुनु निकै सुखद पक्ष भएको बताउनुभयो । अन्य सम्भावनासंगै आँखा उपचारका दृष्टीले पनि जुम्ला कर्णालीकै गन्तव्य स्थल भन्ने पक्का भएको उनको भनाई छ ।
उनले भने,‘जुम्ला हुम्ला पुगेर सयौलाई आँखाको ज्योती फिर्ता गर्न पाउँदा खुसी छु । नियमित सेवा प्रवाह भएको खण्डमा वर्षमा दुई हजारको आँखाको मोती विन्दु शल्यक्रिया हुने छ । दुर्गममा बढ्दो आँखाको समस्यालाई मध्यनजर गर्दै जुम्लामै आँखा अस्पताल संचालनमा ल्याइएको छ ।’
जुम्लामा आँखा अस्पताल संचालनका लागि डाक्टर रुईत संग प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले निकै पहिलेदेखी पहल गर्दै आएका थिए । भने डाक्टर रुईत कर्णालीमा सहयोग गर्न पनि तत्पर थिए । त्यसकै फलस्वरुप केहि उपकरण पनि डाक्टर रुईतको सहयोगमा आएको छ ।
उपकुलपति रावलले भने,‘तिलगंगा आँखा अस्पताल, फ्रेड हलोज अस्ट्रेलिज पाट्नरले केही सामग्री सहयोग गरेपछि आँखाको उपचार जुम्लामा थालिएको हो । आज प्रधानमन्त्रीले उद्घाटन गरेर निरन्तर सेवा प्रवाहको शुभारम्भ पनि भएको छ । अस्पताल उद्घाटन र सेवा पछि कमिनिटी स्क्रिनिङ गर्ने र स्कुलमा आँखा चेक गर्नेछौं। माथिल्लो कर्णालीमा देखिने आँखाका समस्याको समाधान अब प्रतिष्ठानले नै गर्नेछ ।’
आँखा विभागको संचालनसंगै अब जुम्लामा आँखाको उपचारका लागि शिविर कुरेर बस्नुपर्ने अबस्थाको समेत अन्त्य भएको रजिष्टार नृपेन्द्र महतले बताए । प्रतिष्ठानको पहिलो दिक्षान्त समारोह तथा शैक्षिक भवनको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली जुम्ला आउने मिति तय भएपनि मध्यरात स्थगीत भएको थियो । जसका कारण दिक्षित हुन आएका विद्यार्थी निरास भएर फर्किएका छन् ।