सिंजामा बाल संरक्षण नीतिको मास्यौदामाथि छलफल

जुम्ला – सिंजा गाउँपालिका – धितालिहिस्थित फुटाशिलि आधारभुत विद्यालयमा बाल संरक्षण नीतिको मस्यौदामाथि छलफल भएको छ ।
गाउँपालिका शिक्षा शाखा प्रमुख शंकर धिताल, विव्यस पदाधिकारी, सदस्य, शिक्षक अभिभावक संघ, विद्यार्थी र शिक्षकको उपस्थितिमा बाल संरक्षण नीतिको मस्यौदामाथि छलफल भएको हो । बाल संरक्षण नीतिको मास्यौदामाथि छलफलको सहजीकरण शिक्षा शाखा प्रमुख धितालले गरेका हुन् ।
छलफल पश्चात सर्वसहमतिले बालसंरक्षण नीति लागु गर्ने निर्णय भएको परियोजना संयोजक हेमराज भट्टले बताए । उनले भने प्लान नेपाल र पेस नेपाल जुम्लाको साँझेदारीमा सञ्चालित आधार परियोजना अन्र्तगत सिंजा क्षेत्रका १० वटा विद्यालयमा बाल संरक्षण नीतिको पुनरालोकलनसहित नीति बनाएर कार्यन्वयनमा ल्याउने छलफलले निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८१ भाद्र २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस