गगने खाेलामा फेरि पहिराे, कर्णाली राजमार्ग अबरुद्द

जुम्ला । कर्णाली राजमार्ग फेरि अबरुद्द भएकाे छ । अविरल वर्षापछि आएमने पहिराेले कर्णाली राजमार्गकाे कालिकाेट-जुम्ला खण्ड अबरुद्द भएकाे हाे ।

राजमार्ग अन्तर्गत सडक डिभिजन जुम्लाकाे कार्यक्षेत्रमा पर्ने कालिकाेटकाे गगनेखाेलामा गएरातीकाे अविरल वर्षापछि पहिराे आउँदा सडक अबरुद्द भएकाे सडक डिभिजन जुम्लाले जनाएकाे छ ।

गगनेखाेला राजमार्गकै सबैभन्दा जाेखिम खण्ड मानिएकाे छ । उक्त खण्डमा मात्रै हाल आधा दर्जन भन्दा बढि पटक पहिराे गईसकेकाे छ ।

पहिराे पन्छाउन मेसिन सहित जनशक्ति परिचालन भईसकेकाले सडककाे अबस्था बुझेर मात्र यात्रा सडक डिभिजन जुम्लाका प्रमुख चेतन कुमार मण्डलले अनुराेध गरेका छन् ।

उपलब्ध स्राेत साधनकाे परिचालन गरि अबरुद्द छिटाे भन्छा छिटाे खुलाउने प्रयासमा रहेकाे र सबैकाे साथकाे आबश्यकता रहेकाे उनकाे भनाई छ ।

सडक अबरुद्द भएपछि जुम्ला कालिकाेटबाट सुर्खेत नेपालगन्ज काठमान्डाै जाने सवारी र सयाै यात्रु अलपत्र परेका छन् ।

संसद कर्णाली राजमार्ग स्तराेन्नतिकाे सवाल चर्काे रुपमा उठिरहँदा यता राजमार्ग भने बेला बेला अबरुद्द भईरहेकाे छ । संघिय सरकारले कर्णाली राजमार्गलाई राष्टि्य राजमार्गकै सूचिबाट हटाएकाे भन्दै सांसद बिनिता कठायतले संसदमै आक्राेस पाेखेकी छन् ।

कुन स्वार्थ समुहका कारण कर्णाली राजमार्गलाई बेनामे बनाईयाे यसकाे अनुसन्धान गरि राजमार्गकाे स्तराेन्नतिका लागि विशेष बजेटकाे व्यवस्थापन गर्न समेत जाेड दिएकी छन्

प्रकाशित मिति : २०८१ भाद्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस