
जुम्ला । पहिरोका कारण अबरुद्ध कर्णाली राजमार्ग खुलेको छ । अविरल वर्षाका कारण कालिकोटको गगने खोलामा आएको पहिरोका कारण र्दुइ दिनदेखि अबरुद्ध कर्णाली राजमार्ग संचालनमा आएको हो ।
गगनेखोलामा आएको पहिरोले सडकनै कटान गरेको बगाएको थियो । गगनेखोला संगै एसमोड मोल्फा,हुल्ममा पहिरोमा गाडी फसेपछि सडक पूर्ण रुपमा अबरुद्ध थियो । निरन्तर वर्षातकै बीच उपलब्ध स्रोत साधन र जनशक्तिको प्रयोग गेर पहिरो पन्छाएर सडक खोलिएको सडक डिभिजन जुम्लाका प्रमुख चेतन कुमार मण्डलले बताए ।
राजमार्गको कालिकोट स्थित गगनेखोलामा पहिरोको जोखिम कायमै रहेको छ । उनले भने,‘गगनेखोलामा पहिरो कति बेला आउँछ भन्न सकिने अबस्था छैन् । पटक पटक उक्त खोलामा आएको पहिरोले सडक पुरै कटान भईसकेको छ । वर्षा निरन्तर जारी रहेको र अन्य स्थानमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाएर यात्रा गर्न जरुरी छ ।’
दुईदिन देखि सडक अबरुद्ध हँुँदा सयौ यात्रु अलपत्र परेका थिए । माल बहाक तथा यात्रु बाहक सवारी जाम परेका थिए ।