जुम्ला – कनकासुन्दरी गाउँपालिकामा शिक्षक वैयक्तिक शैक्षिक योजना तालिम सम्पन्न भएको छ । प्लान नेपाल र पेस नेपाल जुम्लाको साँझेदारीमा सञ्चालित आधार परियोजना अन्तर्गत भदौँ २६ -२८ गतेसम्म तीन दिवसीय शिक्षण वैयत्तिक शैक्षिक योजना तालिम सम्पन्न भएको हो ।
सिकाई स्तरमा आधारित शिक्षण क्रियाकलाप गर्दा अपानईने नियम, सहजकर्ताले ध्यान दिनुपर्ने पक्षहरू, विधाथीको सिकाई स्तर परिक्षण तथा सामुहिक छलफल तथा अन्तरक्रिया गराईएको थियो । अङ्ग्रेजी बिषय पठनपाठन प्रश्चाप सुरुवात चरणमा चिनाउने शब्द पति शब्दहरू बनाई टास गर्ने, लेख्ने, पढने कार्यकलापमा जोड दिने त्यसपछि विस्तारै वर्ण मात्रा र शब्द पति उच्चारण लेखन कार्य सकिएपछि बाक्यपत्ति बाक्यसं बनाईएको थियो
बिस्तारै एक कथा पठन बाचन, अनुच्छेद लेखन मस्तिस्क मन्थर, कथा निमार्ण सिकाई सहजिकरण क्रियाकलाप तथा कार्यमुलक व्याकरणलाई जोडदिई कक्षा शिक्षणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कार्यकलाप तौर तरिका रणनीति अनुसार शिक्षण सिकाई गर्नुपर्ने छलफल भएको थियो ।
खेल तथा नाटकिय विधिबाट विविध जस्तै अङ्ग्रेजी सेरोफेरो, सामाजिक, जस्ता मुख्य बिषयमा सिकाई सहजिकरण गर्नका लागि अपनाईने प्रयोग गरिने शिक्षण विधि प्रयोग गरिने शैक्षिक सामग्री गर्नुपने क्रियाकलाप माथि वूहत छलफल अन्तरक्रिया गरि विद्यालयको पठनपाठनमा कसरी रोचक बनाउने सकिन्छ भन्ने विषयबस्तुमा सिकाई भएको थियो ।
आधार परियोजना सञ्चालन गरिएका हिमा, सिंजा, कनकासुन्दरी गाउँपालिकाका १० वटा बिद्यालयका बिब्यस अध्यक्ष र शिक्षक, कनकासुन्दरी गाउँपालिका वडाध्यक्ष, शिक्षा समितिका अध्यक्ष र अभिभावकको सहभागिता रहेको थियो ।
तालिमले शिक्षकलाई थप उर्जा मिल्ने अझै पनि पेस नेपाल जुम्लासंग सहकार्य, सहजिकरण, हातेमालो गरिने गाउँपालिका अध्यक्ष दामोदार आचार्यले बताए । उनले भने विभिन्न विषय शिक्षकका लागि तालिमको व्यवस्था सिकाईलाई थप सल्लाह सुझाब सहित पठनपाठनको स्तर उन्नति गराउन प्रयास गरिने छ ।