मुगुका मीन भामद्दारा निर्देशित ‘शाम्बाला’  अस्कर प्रतिस्पर्धाका लागि छनौट

जुम्ला । कर्णाली प्रदेशकाे मुगु जिल्ला निवासी    मीनबहादुर भामले निर्देशिन गरेकाे ‘शाम्बाला’ नेपालबाट अस्कर प्रतिस्पर्धाका लागि छनौट भएको छ । नेपालस्थित छनौट समितिले ९७ औं अस्करका लागि शाम्बाला फिल्म छनौट गरेको हो । 

भदौ २८ देखि यो फिल्म नेपाल प्रदर्शनमा छ । फिल्मको नेपाल प्रदर्शन सकिएलगतै अस्करमा आफ्नो उपस्थितिका लागि तयारी थाल्ने निर्माण टिमले जनाएकाे छ ।

नेपालमा बर्लिनको प्रमुख प्रतिस्पर्धामा छनौट हुने पहिलो नेपाली फिल्मको इतिहास रच्ने यो फिल्मले हालै लोकार्नोमा अवार्ड उचालेको थियो । फिल्मकी प्रमुख अभिनेत्री थिन्ले ल्हामोले उत्कृष्ट अभिनयका लागि ‘बोक्कालिनो डिओर’ प्राप्त गरेकी थिइन् ।

यही फिल्मको प्रिमियरका लागि हालै बलिउडबाट निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दकी नेपाल आएका थिए । उनीहरुको उपस्थितिले फिल्म क्षेत्रमा ‘शाम्बाला’को ठूलो चर्चा छ ।

यस अघि मीन बहादुर भामलेनै निर्देशन गरेकाे कालाेपाेथी फिल्म पनि निकै चर्चामा आएकाे थियाे । अहिले शाम्बाला अस्कर प्रतिस्प्रर्धाका लागि छनाेट हुनु कर्णालीका सुखद पक्ष हाे ।

प्रकाशित मिति : २०८१ भाद्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस