स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो

जुम्ला – यहाँका ८ स्थानीय तह मध्ये स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो भएको छ । आर्थिक वर्ष ०८०÷०८१ मा स्वास्थ्यतर्फ सिंजा गाउँपालिका पहिलो भएको हो ।
गतवर्ष स्वास्थ्य सेवा तर्फ विभिन्न सुचक पुरा गरी ८७ प्रतिशत अंक प्राप्त गरेर पहिलो भएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए । उनले भने पहिलो हुने सिंजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायालाई सम्मान पत्र प्रदान गरिएको छ ।
यस्तै चन्दननाथ नगरपालिकाले ८४.४ प्रतिशत अंक प्राप्त गरी दोस्रो स्थान हासिल गरेको छ । कनकासुन्दरी गाउँपालिकाले ८१.१ प्रतिशत अंक प्राप्त गरेको छ । त्यसपछि क्रमश (७६.५) हिमा, (७०.५) तातोपानी, (६८.१) गुठीचौर, (६३.६) पातारासी र (६२) तिला गाउँपालिकाले अंक प्राप्त गरेको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज १ गते सोमवार
प्रतिक्रिया दिनुहोस