जुम्ला । नेपाल पत्रकार महासंघ जुम्लामा शाखामा तालाबन्दी गरिएको छ । नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको सदस्यता विवरणमा आफ्ना क्रियाशील पत्रकाहरुकाे सदस्यहरुको नामावली छुटाएको भन्दै प्रेस चौतारी नेपाल जुम्लाले पत्रकार महासंघ जुम्ला शाखामा मंगलबार तालाबन्दी गरेको हो ।
पत्रकार महासंघ जुम्लाले नयाँ सदस्य आठ जना सहित पुराना ३४ जनाकाे नविकरण गरेर ४२ जनाकाे पठाएकाे थियाे । तर शुद्दीकरणकाे नारा लगाउदैँ पटक पटक गरेर हाल ५८ जना पुगेपनि क्रियाशील पत्रकारहरुकाे सदस्यता नियतबस छुटाईएकाेले तालाबन्दी गरिएकाे बाध्य प्रेस चाैतारी जुम्लाका सचिव अम्मरनाथ याेगीले बताए । याे तालाबन्दी र आन्दाेलन कडा हुन्छ ।
उनले भने,’पत्रकारितामा सामेलनै नभएका निष्क्रिय,व्यापार व्यवसायमा लागेका प्रेस सेन्टरका सदस्य बन्न याेग्य हुने । तर चाैतारी सहित अन्य संगठनका क्रियाशिल पत्रकारिता गरिरहेकै पत्रकारहरुकाे सदस्यता नआउने याे सरासर नियत हाे । महाँसघकाे नेतृत्वले सत्ता र शक्तिकाे दुरुपयाेग गरेकाे हाम्राे ठहर छ । जिल्लाले नपठाएर केन्द्रले कसरी गैर पत्रकारकाे सदस्यता दियाे ? यसकाे स्पष्ट जवाफ सहित निष्क्रिय सबैकाे सदस्यता खारेज हुनु पर्छ ।’ नविकरण नयाँ सदस्यता गरि ४२ जनाकाे पठाईएकाेमा हाल सदस्यता संख्या ५८ पुगेकाे छ ।
सचिव अमरनाथ याेगीद्दारा हस्ताक्षरित विज्ञप्तीमा भनिएकाे छ,’नेपाल पत्रकार महासंघ जुम्लामा सदस्य समेत नरहेका,पत्रकारितामा समेत संलग्न नरहेकालाई केन्द्रले समावेश गर्ने, सदस्यता भएका तर क्रियाशील पत्रकारिता गरिरहेका सदस्यको शुद्धीकरण हुने नियतबस सदस्यता पाउनबाट वञ्चित गराउनु पर्ने बाध्यात्मक परिस्थिति निर्माण भएकाले शनिबार सार्वजनिक भएको मतदाता नामावली सच्चाएर सदस्यता शुद्धीकरण मापदण्ड अनुसार गर्नु पर्ने जिल्लाका छुटेका सबै क्रियाशील पत्रकाहरुकाे सदस्यता आउनु पर्ने,पत्रकारितामै आवद्द नभएकाहरुकाे सदस्यता खारेजीकाे जोडदार माग गर्दछौं ।’
नियत साँधेर,सत्ता कब्जामा लिई राख्ने स्वार्थका कारण हटाइएका क्रियाशील सदस्यको नवीकरण र गैर सदस्यता खारेज नभएसम्म निर्वाचनका कुनै पनि गतिविधि अगाडि नबढाउन माग सहित नेपाल पत्रकार महासंघ शाखा जुम्लाकाे कार्यालयमा तालाबन्दी गरेको व्यहोरा जानकारी सचिव याेगीकाे भनाई छ ।
साथै प्रेस यूनियन जुम्लाकाे नेतृत्वमा पत्रकार महासंघ केन्द्रीय कार्यालयमा गरिएकाे तालाबन्दी प्रति ऐकेबद्दता जनाउदैँ जुम्ला शाखामा गरिएकाे तालाबन्दीका मागप्रति बेवास्ता भए सिर्जित हुने कुनै पनि परिस्थितिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनु पर्नेमा प्रेस चाैतारीकाे अडान छ ।