जुम्ला । जुम्लाको तातोपानस्ी गाउँपालिकाले वडा वडामा पुगेर सार्वजानिक सुनुवाई गर्न थालेको छ । पालिकाका ८ वटै वडामा सार्वजानिक सुनुवाई थालेको हो । नागरिकका गुनासा सुन्न तथा गुनासाहरुको संबोधन गर्न वडा वडामा सार्वजानिक सुनुवाई थालिएको छ । जसको सुरुवात तातोपानी गाउँपालिका वडा नम्बर २ बाट भएको छ ।
बुधबार तातोपानी गाउँपालिका वडा नं २ को सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । सार्वजनिक सुनुवाइको अवसरमा आ.व. २०८०÷०८१ मा २ नं. वडामा लागू गरिएका कार्यक्रम र सम्पन्न योजनाबारे वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
वडाको वाषर्षिक प्रतिवेदन प्रस्तुत गदर्दै तातोपानी गाउँपालिका २ नं.वडाका वडा सचिव तेज बहादुर रावतले आ.व. २०८०÷०८१ मा कुल १५ वटा योजना कार्यान्वयन गरिएको बताए । उनका अनुसार कुल ५० लाख लागतका १५ वटै योजना सम्पन्न भएका छन् ।
उनले ५ लाख लागतमा बाबिरा मष्ट मन्दिर फिल्ड निर्माण र ढलान,जर्मीगाउँमा ८ लाख लागतमा कर्णाली राजमार्गदेखि तातोपानी धारासम्म रेलिङ र टायल व्यवस्थापन र कुल ६ लाख बजेटमा वडाभित्रका चार वटा आधारभुत विद्यालय व्यवस्थापनमा खर्च गरिएको उनले बताए ।
यस्तै समान ५÷५ लाख लागतमा गोप्थाडागाउँमा सिंचाइ कुलो,जर्मीगाउँमा कर्णाली राजमार्गदेखि चिहानघाटसम्म बाटो पिसीसी,डाँगीबाडा र सुन्दर गाउँमा गोरेटो बाटो ग्याविन निर्माण र धुनचेडीदेखि हिमाली आविसम्म ३ लाख लागतमा सडक मर्मत भएको छ । यसैगरी सूचना सञ्चार, लक्षित वर्ग कार्यक्रम,विपद् व्यवस्थापन र सिकाई अनुभव अवलोकन योजना सम्पन्न भएको वडासचिव रावतको भनाइ छ ।
मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १५ लाखमा कर्णाली राजमार्गदेखि हिमशिखर माविसम्मको बाटो आरसीसी,प्रधानमन्त्री रोजगार कायर्यक्रम अन्तर्गत ८ लाखमा बाबिरा मष्ट मन्दिरको फिल्ड निर्माण तथा ढलान सम्पन्न भएको छ । यसैगरी, जनतासँग अध्यक्ष कार्यक्रम अन्तर्गत जर्मीगाउँमा ५ लाख लागतमा मुनबाडादेखि ताहा बाडासम्म गोरेटोबाटो पिसीसी,जनतासँग उपाध्यक्ष कार्यक्रम शीर्षकमा ५ लाखमा सुन्दरगाउँ गोरेटो बाटो पिसीसी गरिएको छ ।
आ.व. २०८०÷०८१ मा तातोपानी गाउँपालिका २ नं.वडाले१ लाख ३३ हजार ६ सय ६२ रूपैयाँ राजस्व संकलन गरेको थियो । सोही आ.व.मा कुल ४ सय ८ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् । उक्त अवसरमा तातोपानी धारा व्यवस्थापनको समेत आयव्यय प्रस्तुत गरिएको थियो ।
दुई वर्षको अवधिमा तातोपानी धाराबाट १५ लाख ३७ हजार १ सय ८ रूपैयाँ राजस्व संकलन भएको जानकारी गराइएको छ ।
सार्वजनिक सुनुवाइको अवसरमा ६ जना स्थानीयले वडाको सेवा प्रवाहका विषयमा प्रश्न र जिज्ञासा राखेका थिए । स्थानीय तहका जिज्ञासामा जवाफ दिदै वडाअध्यक्ष चन्द्रमान बुढाले स्थानीय नागरिकको चाहना र आवश्यकतामा आधारित भएर योजना अनुसार योजना कार्यान्वयन गरिरहेको बताएका थिए । सार्वजनिक सुनुवाईको क्रममा बोल्दै तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले समृद्ध र विकासित तातोपानीका लागि सबैको भुमिका अहम रहेकोमा जोड दिए ।
गाउँपालिका उपाध्यक्ष रेवती रावलका अनुसार वडास्तरबाट सञ्चालन हुने योजनामा जनताको अर्थपूर्ण सहभागीता हुन आवश्यक छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जनता,कर्मचारी र जनप्रतिनिधिको सहकार्यमा समृद्ध पालिका निर्माणमा हातेमालो आवश्यक छ । उक्त अवसरमा तातोपानी गाउँपालिका २ नम्बर वडाका स्थानीय,समाजसेवी,बुद्धिजीवी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । सार्वजानिक सुनुवाईको सहजीकरण तातोपानी मल्टिमिडिया प्रा.लि.जुम्लाले गरेको थियो । बाँकी ७ वटा वडामा पनि क्रमशै सार्वजानिक सुनुवाई हुने भएको छ ।



