जुम्ला । नेपालका सर्वाधिक रक्तदाता प्रेम सागर कर्माचार्यले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तदान गरेका छन् । दुर्गम क्षेत्रमा रगत अभावले उपचारमा समस्या नहोस भन्ने उदेश्यले विभिन्न जिल्लामा पुगेर रक्तदान गर्दै आएका कर्माचार्यले जुम्लामा १८० औँ पटक रक्तदान गरेका हुन् ।
कर्माचार्य नेपाल स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष समेत रहेका काठमान्डौ महानगरपालिका वडा नं.२८ निवासी ६१ वर्षीय कर्माचार्य १७९ औँ पटक रक्तदान अन्य क्षेत्रमा गरी सकेका छन् । जुम्लामा पश्चिम नेपालकै ठुलो स्वास्थ्य संस्था कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको डेढ दशक सम्म पनि ब्लड बैंक स्थापना नभएकोले उपचारमा भएको असहजता अन्त्य गर्न ब्लड बैंकको स्थापनाको पहल गर्न जुम्ला पुगेको उनले बताए ।
उनले भने,‘रगत नपाएर धेरै विरामी छटपटिरहेको हामीले देखेका छौ । तर ब्लड बैंक स्थापना कसैको चासो देखिन्न् । मैले मात्र एक प्वाईन्ट रगत दिएर ब्लड बैंक खुल्न भन्न खोजेको पनि होईन् । मैले देशभर ब्लड बैंक खोल्नु पर्छ भन्ने जाँगर फैलाउन खोजेको छु । सोही क्रममा १८० पटक रक्तदान गरिसके । यूवा नागरिक समाज सबै मिलेर जुम्लामा रगत अभावको दिर्घकालीन समधान खोज्न जरुरी छ ।’
दुर्गमदेखि सुगमका सबै स्वास्थ्य संस्थाहरुमा रगतको अभाव हुन नदिन र उपचारलाई सहज बनाउनु पर्छ भन्ने जाँगरण सहित देश दौडामा रहेका छन् । रक्तदाता कर्माचार्यको अगुवाईमा जुम्लामा रगत व्यवस्थापनको लागि एक समितिनै गठन गर्ने तयारी भएको छ । कर्माचार्यको रक्तदानका लागि संस्कृतिक संरक्षण तथा प्रर्वदन समितिले आयोजना गरेको हो ।



